टीका

एकाङ्की र एकाङ्कीकारको परिचय

  • भीमनिधि तिवारी (१९६८ - २०३०),
  • देशप्रेमको भावना कृतिमा पस्कने,
  • रोचक तथा मञ्चनीय नाटक रच्ने रचनाकार

अभ्यास

यस एकाङ्कीको शीर्षक 'टीका' कत्तिको ठीक छ ? तर्कसहित आफ्नो धारणा लेख्नुहोस् ।

भीमनिधि तिवारीद्वारा लेखिएको एकाङ्कीको टीका शीर्षक सार्थक छ । टीकाको दिनबाट कुराकानीसरु भएर त्यही दिन सबै घटेको र त्यसैका आधारमा राष्ट्रियताको चर्चा र पारिवारिक मिलनको अवस्था आएको दखिन्छ । यसैगरी टीकाकै सेरोफेरोमा कथावस्तु बनाएकाले टीका शीर्षक दिन उपयक्त देखिन्छ । टीका आशिर्वादको प्रतीक हो । आमैले असल आमाको परिचय दिएको र असल सन्तानका रूपमा सपुतलाई देशभक्तिको माया जगाएकाले प्रतीकात्मक रूपमा पनि टीका शीर्षक उपयुक्त देखिन्छ।

कालु, सुन्तली, कमानसिंह र आमैको सुखद मिलन टीकाको महत्त्वका कारणले भएको हुँदा एकाङ्कीको शीर्षक बैकल्पिक रूपमा अर्को रास्न उपयक्त देखिदैन । कालुले टीकाकै दिन पिंग खेन्नु, टिका लगाउन कमानसिंह मालिकको छोरो सिकिस्त हुँदा पनि स्वदेश धाउनुले टीका विषय केन्द्रमा रहेको छ।

यसरी टीका एकाङ्कीको शीर्षक टीका अत्यन्त ठीक रहेको देखिन्छ । टीकाको सेरोफेरोमा कथावस्तु, चरित्र, सवाद, वातावरण र परिवेश सजिएको र टीकाकै घटनाले कमानसिंह आफ्नो घरमा रमाउने प्रण गरेकाले पूर्ण रूपमा यस एकाङ्कीको टीका शीर्षक सार्थक रहेको देखिन्छ।

एक पाइलो हिंडे पनि आफ्नै भुइंमा हिंड्नुपर्छ, एक थोपा पसिना चुहाए पनि आफ्नै माटाका डल्लामा चुहाउनुपछ।

एक पाइलो ......... डल्लामा चुहाउनुपछ।

प्रस्तुत हरफ प्रसिद्ध एकाङ्कीकार भीमनिधि तिवारीद्वारा लेखिएको टीका एकांकीबाट साभार गरिएको हो । प्रत्येक नागरिकले विदेशमा गएर विदेशीको सेवा गर्न सट्टा आफ्नै देशका लागि काम गनपछ भन्ने भावना यस हरफमा प्रकट भएको छ । आफ्नो पुरुषार्थ आफ्नै देशका लागि हुनुपर्छ भन्ने प्रेरणादायी प्रसङ्ग यसमा उल्लेख भएको छ।

आज युवाहरू आफ्नो देशलाई छोडेर विदेश जान लालायित छन् । विदेशमा गएर विदेशीहरूको काम गर्दा त्यसको फाइदा उनीहरूले नै पाउने हुन् । त्यस सुखको फाइदा पनि उनीहरूले नै पाउने छन् । कमानसिंह पनि कामको सिलसिलामा विदेश गएको छ । आमैले आफ्नो छोरो कमानसिंहलाई विदेश नजाने सल्लाह दिँदै आफ्नो मातृभूमिमा रहेर सेवा पुऱ्याउन उत्प्रेरित गर्ने सन्दर्भमा यो भनाइ आएको छ । आफ्नो जन्मभूमिभन्दा प्यारो अन्य केही पनि हुँदैन । प्रत्येक नागरिकले आफ्नो जन्मभूमिका लागि केही न केही काम गर्नेपर्छ । एक गाँस खाएर पनि आफ्नै देशको काम गर्नुपर्छ । एक थोपा पसिना चुहाए पनि आफ्नै माटाका डल्लामा चुहाउनुपर्छ । यसवाट देशको इजजत बढ्छ। आफ्नै श्रम र सिपले आफ्नो देश सजाउनुपर्छ । यसबाट आफ्नो र आफ्नै देशको इजजत बढ्छ । यसबाट पाउने सूख पनि आफूले र आफ्नै दाजुभाइ र सन्तानले पाउनुपर्छ । एकाङ्कीकारको आफ्नो सारगर्भित विचार आमैका माध्यमबाट यसरी प्रस्तुत गरेका छन्।

यसरी यी मर्मस्पर्शी भनाइले आफ्नो माटाको माया गर्नुपर्छ । आफ्नो श्रम र सिप आफ्नै जन्मभूमिका लागि प्रयोग गरेर देशलाई हराभरा पारेर सिगार्नुपर्छ भन्ने भनाइले पाठकवर्गलाई आकर्षित गरेको छ । रोचक संवाद शैली भएको यस एकाङ्कीले कामको खोजीका लागि विदेश जाने युवाहरूलाई स्वदेशमै बसेर काम गर्न उत्प्रेरित गरेको छ ।