माउजङ बाबुसाहेबको कोट

कथा र कथाकारको परिचय

  • भवानी भिक्षु (१९६६ - २०३८),
  • कविता, उपन्यास र कथा साहित्यका त्रिवेणी,
  • मनोवैज्ञानिक कथाकार

अभ्यास

माउजङ बाबुसाहेबको कथामा के कस्तो मनोविज्ञानको चित्रण गरिएको छ, विवेचना गर्नुहोस् ।

भवानी भिक्षु कविता, उपन्यास र कथा साहित्यका त्रिवेणीको रुपमा चिरपरिचित छन् । "पाप धुरीबाट कराउंछ", भन्ने प्रचलित नेपाली उखानलाई प्रष्टाएर लेखिएको "माउजङ बाबुसाहेबको कोट" उनको उठ्क्रिष्ठ नमुना हो । यस कथामा राणाकालिन घमण्ड, हैकम पर्दशन गर्ने हुमायु जङ्गबहादुर राणा प्रजातन्त्र कालमा आइपुग्दा उनको उच्चता भावमा शिथिलता आएको मानसिक अवस्थाको चित्रण गरिएको छ ।

यस कथाको प्रमुख पात्र माउजङ बाबुसाहेबमा क्रिधि, अहम र उद्दण्ड स्वोभाव देखापर्दछ । कथाभरि वर्णन गरिएको उनको कोट राणाकालीन घमण्डको प्रतिक थियो । राणाकालको आतंकको प्रतिक उनको कोट प्रजातन्त्र आइसकेपछि पुराना संचरना ध्वस्त भएझैँ कोटमा पनि खरानी आइसकेको छ । उनि राणाकालीन घमण्डको पुरानो कोटलाई नै सफा गरि रफु भरेर आफ्नो आहम बचाईराख्न चाहन्छन् । १०४ वर्षसम्म हैकम जमाएका उनीहरु जनताको शासन सहज रुपमा स्वीकार्न सक्दैनन् । प्रजातन्त्रको उदयसंगै युग परिवर्तन भएको छ । तर आफ्नो जहानिया शासन चलाएका राणा शासनको एक्कासी पतन हुदा देखिएका मानिसहरुको प्रतिक्रिता देखाइएको छ । 'हिङ नभएपनि हिङ बाधेको टालो', भन्ने उखानलाई आत्मासात् गर्दै राणाकालीन दम्भको प्रतिक त्यही कोटका कारण लज्जित र अपमानित हुनुपर्छ । जतिनै मर्मत गरेर आफ्नो मान प्रतिष्ठा बचाउन खोजे पनि हात आल्झिएर कोट च्यातिदा राणाकालीन घमण्ड आन्त्य भएको संकेत आउछ ।

यसरी यस कथामा माउजङ बाबुसाहेबको मानसिकतामा समयको परिवर्तनसंगै आहम् भावमा शिथिलता आएको छ । प्रजातन्त्रको आगमन पछि बाबुसाहेबहरु आफू पतनहुने डरले छटपटीएका छन् । जनतामाथि आत्याचार गर्नेहरु एक न एक दिन जनताबाटै तिरस्कृत हुन्छन् भन्ने भाव बाबुसाहेबको कोट च्यातिएको घटनाले प्रष्टाएको छ । यहा सुन्दर, सरल भाषाशैली, समयअनुसार चल्न नसक्ने बाबुसाहेबको घमण्डको विश्लेषण गरिएको छ ।