लक्ष्मीपूजा

कवि र कविताको परिचय

  • गोविन्दबहादुर मल्ल 'गोठाले'(१९७९ - २०६७),
  • सामाजिक मनोवैज्ञानिक कथाकार,
  • बाल मनोविज्ञान र निम्न वर्गीय पात्रोको चित्रणमा जोड दिने कथाकार,
  • अचेतन मनको गहन बोश्लेषण यिनका कथामा पाइने

अभ्यास

'लक्ष्मीपूजा' कथामा बालमनोविज्ञानको प्रयोग के कसरी भएको छ, विवेचना गर्नुहोस्।

नेपाली भाषा र साहित्यको विकासमा आफ्नो जीवन अपर्ण गर्ने बहुमुखी प्रतिभाका धनी गोविन्दबहादुर मल्ल गोठाले' (वि.सं.१९७९-२०६७) द्वारा लिखित 'लक्ष्मीपूजा' कथा बालमनोविज्ञानमा आधारित कथा हो । यस कथामा नेपालीहरूको महान् चाड तिहारको समयमा लाल नामक बालकले लक्ष्मीपूजा गर्नका लागि गरेका जिद्दीलाई कथाकारले मार्मिक ढङ्गबाट प्रस्तुत गरेका छन् । एउटा सानो घटनाले बालकको मनमा पार्ने प्रभावलाई कथाकारले गहन ढङ्बाट प्रस्तुत गरेका छन्।

बालकहरूको आफ्नै संसार हुन्छ । उनीहरूलाई आमाबाबुको बाध्यताले कुनै प्रभाव पार्दैन । अर्काको घरमा भएको सबै कुरा आफ्नो घरका पनि होस् भन्ने चाहना राखेका हुन्छन् । अरू साथीले गरेको आफूले पनि गर्न पाइयोस् भन्ने प्रवृत्ति बलबालिकामा रहेको हुन्छ । बालबालिकाहरू जिद्दी गर्ने स्वभावका हुन्छन् अनि आफ्ना कुरा पुरा होस् भन्ने चाहना राख्दछन् । यस लक्ष्मीपूजा कथामा आएका पात्रहरू लाल, मानचा, प्रेमचाजस्ता पात्रहरूले पनि बालबालिकाहरूमा आउने इच्छा र आकाङ्क्षाहरू प्रकट गरेका छन् । बालबालिका आफ्ना इच्छा पूरा गर्नका लागि जस्तोसुकै कठोर कार्य गर्न पनि तयार हुन्छन् । उनीहरूको चाहना पूरा हुनैपर्छ आफ्ना चाहना पूरा नभए जस्तोसुकै नराम्रो कार्य गर्न पनि पछि पर्दैनन् । कथामा नेपालीहरूको महान् चाड तिहारसम्म मिठाई र फलफूलहरू घरमा ल्याउनुपर्ने कुरा बालकहरूले बुझेका छन् । घरमा आउने मिठाई र फलफूलप्रति उनीहरू उत्साहित छन्। तिहारको बेलामा बत्ती बालेर झिलिमिली बनाउने कुराले बालकहरूको मन रमाएको हुन्छ। कथामा आएको प्रमुख पात्र लाललाई पनि लक्ष्मीपूजा गर्ने कुराले छोएको छ। उसले अरुका दमापूजा गर्ने मनसाय व्यक्त गर्छ। तर अभावैअभावमा जीवन बिताउन बाधा लालका आमाले लक्ष्मीपूजा गर्ने सामग्री जटाउन सकेकी छैनन् । लाललाई पूजा सामग्री कसले ल्याइदिने हो भन्ने कुरालेमात्र सताएको छ । अभावैअभावको भुमरीमा परेर बिरामी भएकी आमाको कमजोर लाल बढी जिम्मेवार नबनी ऊ आफ्नो इच्छा चाहना पूरा गर्नमा बढी तल्लीन दखिन्छ उसलाई अरु कुनै कुराको मतलब हुदैन । पुलिसले पूजा सामग्री ल्याइदिने र लक्ष्मीको पूजा गर्न पाइने विश्वासमा बसेको लाल पुलिस गएपछि निराश बनेको छ । बालकहरू आफ्नो चाहना पूरा हुन नसक्दा निराश बन्छन् भन्ने कुरा कथामा देखाइएको छ । सबैतिर झिलिमिली हुँदा आफ्नो घरमा अँध्यारो भएको कुरामा लाल चिन्तित छ। यस्तो अवस्थामा ऊ घरबाट निस्किएर पूजासामग्री चोरेर ल्याई लक्ष्मीपूजा गरेर आफ्नो रहर पूरा गर्छ।

अरूको घरमा झिलिमिली हुँदा आफ्नो घरमा पनि झिलिमिली हुनुपर्ने, अरूले मिठो खाँदा र राम्रो लाउँदा आफूले पनि राम्रो खान र राम्रो लाउन पाउनुपर्ने, अरू रमाउँदा आफू पनि रमाउन पाउनुपर्ने बालबालिकाको मनोवृत्ति रहन्छ । आफ्नो चाहना पूरा नभएमा उनीहरू गलत बाटोसमेत समात्न पुग्छन् । बालकहरू घरको अवस्थासँग कुनै सरोकार राख्दैनन् बरु आफ्नो चाहना जसरी पनि पूरा हुनुपर्ने करामा अडिग हन्छन् भन्ने करालाई लाल नामक बालकको प्रयोग गरी कथामार्फत बालमानोविज्ञानलाई देखाइएको छ।

किन लालकी आमाले लक्ष्मीपूजाका सामान र मिठाई नकिनेकी हुन्, बताउनुहोस।

लालकी आमा गरिब परिवारकी एकल महिला हुन् । उनले अरूका घरमा श्रम गरेर आफ्नो छोरो लाललाई हर्काउदै आएकी छिन् । अरूका घरमा ज्याला मजदुरी नगरे उनका घरमा चुलो वल्दैन । विरामी भएर थलिएपछि पन्ध्र दिनदेखि उनी श्रम गर्न जान सकेकी छैनन् । एकातिर गरिवी अर्कातिर विरामीका कारण काम गर्न नसक्दा उनको आर्थिक अवस्था अझ नाजुक बनेको छ । दयनीय आर्थिक अवस्था भएकै कारण लालले जिद्दी गर्दासमेत लालकी आमाले लक्ष्मीपूजाका सामान र मिठाई नकिनेकी हुन्।