म पनि सक्छु

अभ्यास

तलका शब्दहरुलाई वाक्यमा प्रयोग गर्नुहोस्:

  • स्वोर्णपदक: राष्ट्रपती विद्या देवी भण्डारीले खेलाडीहरुलाई स्वोर्ण पदक वितरण गर्नु भयो।
  • प्रवृत्ति: हामीले गलत प्रवृत्तिलाई बडवा गर्नु हुदैन।
  • अपवाद: एउटै व्यक्तिले धेरै क्षेत्रमा सफलता प्राप्त गर्ने भन्ने कुरा अपवाद मात्र हो।
  • प्रचलन: हामीले हाम्रा सास्कृतिक प्रचलनहरुलाई महत्व दिनु पर्छ।
  • विकटता: नेपाल भौगोलीक विकटता भएको देश हुनाले सबै क्षेत्रमा विकास हुन सकेको छैन।
  • प्रतिकूल:प्रतिकूल अवस्थामा साथ दिने मित्र नै सच्चा मित्र हो।

अपाङ्गता भएकाहरूलाई हेला र तिरस्कार गर्नु मुर्ख्याइँ हो। भाव विस्तार गर्नुहोस्:

अपाङ्गता भन्नाले अङ्गभङ्ग भएको, शरीरको कुनै अङ्ग विकृत भएको, हात गोडा आदि भाँचिएको वा नाक, कान, आँखा, आदि विकृत भएको, बोल्न नसक्ने वा विकलाङ्ग भएको अवस्था भन्ने बुझिन्छ । अपाङ्गता पूर्वजन्मको पाप वा अभिशाप नभई परिस्थितिजन्य कारणबाट सिर्जित अवस्था हो । यो त एउटा शारीरिक वा मानसिक दोषमात्र हो । सवलाङ्ग मानिसहरूमा झै उनीहरूमा पनि विशिष्ट प्रतिभा र क्षमता हुन्छ । अपाङ्गतालाई असक्षमता र दयाको दृष्टिले नहेरी सहज वातावरण, पर्याप्त अवसर, हौसला र प्रेरणा दिन सकेको खण्डमा उनीहरूले पनि अरुसरह काम गर्न सक्छन् । अपाङ्गता भएकाहरू पनि मानिस नै भएकाले उनीहरूले पनि आफ्ना हक अधिकारको प्रयोग गरी स्वतन्त्रतापूर्वक बाँच्न पाउनुर्पछ । हाम्रो समाजमा अपाङ्गतालाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । उनीहरूलाई सम्मान र सहज वातावरण दिनुको साटो दयाको पात्रको रुपमा हेरिन्छ । उनीहरूलाई हौसला र प्रेरणा दिनुको सट्टा हेला, तिरस्कार र हाँसोको पात्र बनाई उनीहरूको मनोवल गिराउने काम गरिन्छ । सवलाङ्गहरूले जानेर वा नजानेरै उनीहरूलाई हेला र तिरस्कार गर्छन् यसो गर्नु आफू पशुसरह बन्नु हो । अपाङ्गता भएकाहरूप्रति सकारात्मक र सम्मानजनक व्यवहार देखाएर उनीहरूभित्र गुम्सिएर बसेको प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउन मद्दत गर्नुपर्छ । उनीहरूलाई आफ्नो उद्देश्यमा पुग्न सहज वातावरण निमार्ण गरेर हामीले असल नागरिक हुनुको कर्तव्य पुरा गर्नुपर्दछ।

“मान्छेले कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्ने हो” भन्ने कमारको भनाइसँग तपाईको सहमति वा असहमति के छ ? तर्कसहित जवाफ दिनुहोस् ।

“मान्छेले कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्ने हो” भन्ने कमारको भनाइसँग मेरो पूर्ण सहमति छ। सबै क्षेत्रमा विशेषज्ञता हासिल गछु भनेर लाग्ने मानिसले कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न सक्दैन । मान्छेले एउटा मात्र विषयमा विशेषज्ञता हासिल गर्न सक्यो भने उसको जीवन सफल र सार्थक बन्छ। एउटै मान्छेले धेरै विषयमा हात हाल्दा सबै क्षेत्रमा सफलता प्राप्त हुन्छ भन्ने छैन । मान्छेले सबैतिर सफलता प्राप्त गर्ने कुरा अपवाद मात्र हो । मान्छेलाई आफूले जुन क्षेत्रमा विशेषज्ञता प्राप्त गर्न सक्छु जस्तो लाग्छ त्यसमा नै मेहनत गर्ने हो, त्यसैमा आफ्नो समय र श्रम खर्च गर्ने हो । यसो गर्दा सफलता प्राप्त हुन्छ। भनिन्छ दुईओटा डुङ्गामा पाइला राखेर समुद्र तर्न सकिँदैन । सफलता प्राप्त गर्नका लागि आफूलाई मन पर्ने र आफ्नो क्षमताले भ्याउने कुरामा अगाडि बढ्ने हो । आफ्नो रुचि र क्षमता भएमा सफलता प्राप्त हुन्छ । आफूले विशेषज्ञता प्राप्त गर्न चाहेको क्षेत्रमा मेहनत गर्नुपर्छ, इच्छाशक्ति बढाउनुपर्छ । इच्छाशक्ति र निरन्तरको प्रयत्न भएमा सफलता हासिल गर्न सकिन्छ । सबै क्षेत्रमा विशेषज्ञता हासिल गर्नु कठिन कुरा हो । संसारमा धेरै विषयहरू छन् । सबैमा विशेषज्ञता हासिल गर्न सकिदैन । डाक्टर, इन्जिनियर र अरू यस्तै प्राविधिक क्षेत्रमा जाने हो भने त्यसैसँग सम्बन्धित विषयमा मिहिनेत र परिश्रम गर्नुपर्छ । बैङ्क तथा वित्तीय क्षेत्रको विशेषज्ञता हासिल गर्ने हो भने व्यवस्थापन विषयमा मिहिनेत र लगनशील भएर पढ्नुपर्छ । दर्शन, इतिहास, राजनीतिशास्त्र, समाजशास्त्र, साहित्य, कला जस्ता विषयमा विशेषज्ञता प्राप्त गर्नका लागि मानविकी जस्ता विषयमा मिहिनेत र परिश्रम गर्नुपर्छ । जुन विषयमा आफ्नो रुचि इच्छा चाहना र क्षमता छ त्यसै विषयमा विशेषज्ञता प्राप्त गर्नु राम्रो हुन्छ। विशेषज्ञता प्राप्त गर्न सक्ने मानिसको जीवन सफल र सार्थक हुन्छ।

विशेषज्ञहरूका लागि कनै पनि क्षेत्र वा विषय ठूलो र सानो भन्ने हुँदैन । आफूले गर्ने विषयमा दक्ष बन्नुपर्छ । अथक मिहिनेतका साथ एउटै विषयमा लागेर सोही विषयमा विशेषज्ञता हासिल गर्नु श्रेयस्कर हुन्छ। परिवर्तित समयमा धेरै अवसरहरू हन्छन । तिनलाई समयमै सदुपयोग गरेर कुनै एक विषयमा विशेषज्ञता हासिल गर्न सक्ने मान्छेले मात्र का सफतला प्राप्त गर्ने भएकाले म कुमारको भनाइप्रति पूर्ण रूपमा सहमत छ।

समाजमा रहेका कुरीति र अन्धविश्वास देख्दा मनमा उब्जेका मनोभाव लेख्नुहोस् ।

स्थान : सुत्ने कोठा
समय : रातको १० बजे
पात्र : प्रज्योति

(सुदुर पश्चिमको बैतडी जिल्लामा पर्ने एउटा दुर्गम गाउँमा जन्मिएकी प्रज्योति कक्षा दसमा पन्छिन् । आज उनको मिल्ने साथी रमिता पहिलो पटक महिनावारी भएकीले विद्यालय जान पाइनन् । रमिताकी आमाले रमितालाई घरदेखि धेरै टाढाको गोठमा लगेर राखेकी छन् । यी कुरा सम्झंदा प्रज्योतिलाई आज पटक्कै निद्रा लागेको छैन त्यसैले उनको मनमा विभिन्न कुराहरू खेलिरहेका छन् ।)

हे भगवान् यी गाउँका मानिसहरूलाई पनि के भएको होला, किन कुरा नबुझेको होला ? विश्व कहाँबाट कहाँ पुगिसक्यो, हाम्रो देशका मानिस भने अझै पनि यस्ता सानातिना कुरामा अल्झिएर बसेका छन् । (कोल्टो फेर्छिन् ।) यस्तै हो भने त खै देशको विकास पनि कहिले होला र ! महिनावारी हुनु भनेको प्रकृतिको शाश्वत नियम हो । यो विना मानव जीवनको सृष्टि नै चल्दैन तर यस्ता कुरा यहाँका मानिसले कहिले बुझलान् र खै ? आफ्नी छोरी प्रजनन् क्षमताको लागि योग्य रहिछन् भन्ने कुरा बुझी खुसी हुँदै छोरीलाई बधाइ दिने र उचित स्याहार र पोषणयुक्त खानेकुराको व्यवस्था गर्ने दिन यहाँ कहिल्यै आउला र ? (उठेर टेबलमा राखिएको पानी घट्घट खान्छिन्।)

घाम देख्न नहुने, दाजुभाइ र बुवालाई हेर्न नहुने, घरको धुरी देख्न नहुने, कसैलाई र केही छन नहुने, विद्यालय जान पनि नपाइने त्यतिमात्र हो र घरदेखि धेरै टाढा छाउपडीमा गएर बस्नुपर्ने रे सम्झदा पनि आङै सिरिङ्ग हुन्छ । ओहो ! कस्तो गर्मी भएको उठेर झ्याल खोल्नुपर्यो। (झयाल खोलेर केही बेर त्यहाँ बसी बाहितिर हेर्छिन्) कठै ! रमिताले यतिबेला के गरिरहेकी होली, कति डर लागेको होला, जगातरबाट जङ्गली जनावरको आवाज आइरहेको होला, निदाउन पनि के सकेकी होली र ! धिक्कार होस् यी गाउँलेहरूलाई ! यिनीहरूको बुद्धि पनि कहिले आउला खै ? (कुकुर भुकेको आवाज सुनिन्छ) पोहोर साल तल्लाघरे पवित्रा छाउपडीवाटै हराइन्, अहिलेसम्म पत्तो लागेको छैन ति हुँदा पनि यी गाउँलेको वृद्धि फिर्ने होइन।

छोरी गुमाउन बरु तयार हुन्छन् तर छोरीलाई घरमा राख्न तयार हुने होइनन् । अस्ति भर्खर शिक्षक, विद्यार्थी र सङ्घ संस्थाका मानिसहरू मिलेर सडक नाटक देखाएको पनि केही काम लागेन । विस्तारामा पल्टिन्छिन्। दस कक्षाको पढाइ धेरै दिन विग्रने भो। भोलि विद्यालयमा गएर गुरुआमासंग कुरा गर्नुपर्ला । गुरुआमाले सम्झाई बुझाई गरेमा रमिताकी आमा मान्नुहुन्छ कि ? के मान्नुहोला र ! समाजमा जरो गाडेर बसेको यो कुरीतिलाई नउखेलेसम्म गाउँका सारा छोरीले कति दुःख पाउने हुन् । कसैको एक्लो प्रयासले त यसको अन्त्य गर्न असम्भव नै छ । सबैजना मिलेर कुरीति र अन्धविश्वासको नाम निसान मेटाउन पाए ।

ओहो ११.३० भइसकेछ तैपनि निद्रा लाग्ने सुर छैन । निद्रा लागोस् पनि कसरी ...? (अर्को कोल्टो फेर्छिन्।) हुन त मैले पिर गरेर मात्र समस्या समाधान हुने होइन । जति पिर गरेपनि समस्या जहाँको त्यहीँ नै छ। अब त सुत्नुपर्छ नत्र भोलि समयमै उठ्न नसकिएला । उठेर शौचालय जान्छिन् । फर्केर बिस्तारामा आई सिरकमा गुटुमुटु पर्छिन् र निदाउँछिन् ।