सन्तुष्टि

कवि र कविताको परिचय

  • भरतराज पन्त(१९८६ - २०३५),
  • छन्दबोद्ध कविता र काव्य रच्ने कवि,
  • प्रकितिको चित्रण गर्ने, मानवतावादी कवि, समाजको विकृति र बिसंगतिको उजागर गर्ने,
  • अनुष्टुप् छन्दमा लेखिएको कविता

महत्त्वपूर्ण बुदाँ

  • काम नै जीवन हो, सन्तुष्टिनै परम् सुख हो भन्ने महान सन्देश व्यक्त गरेको उत्क्रिष्ठ कविता,
  • मानिस जन्मन्छ मर्छ । सक्दो प्रयास गर्नुपर्छ शरीर डाक्न र पेट भर्नका लागि अनावास्यक लोभ लालच गर्नु मुर्खता हो भन्ने भाव देखाईएको,
  • इच्छा र चाहानाको निश्चित दाएरा नहुने, नखाईकन संचिता गर्नेलाई कहील्यै सन्तोष मिल्दैन भन्ने सन्देश बोकेको,
  • दुइवोटा आखाको आर्थ सबैतिर हेर्ने, नाकले सुगंध लिने र एउटा मुखले थोरै मात्र बोल्नु पर्छ भन्ने भाव पस्टाएको,
  • राम्रो कुरा सुन्नु पर्छ, सत्मार्गमा हिड्ने मन मस्तिस्कले विचार गरेरमात्र नयाँ काम सुरु गर्नु पर्छ नत्र असल मनुष्यको आर्थ छैन भन्ने जीवन उपयोगी मार्मिक रहस्यहरु देखाइ सत्मार्गमा सन्देश दिइएको,
  • संतोषम् परम् सुखम्

अभ्यास

तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्:

  • कवि के-के कुरामा टम्म र गम्म हुन्छन् ?
  • आफ्नो जीवनदेखि कवि सन्तुष्ट छन् । उनले एक पेट खान पाएका छन् । त्यसैमा उनी आफू टम्म भएको अनुभव गर्छन् । उनलाई भरे के खाने हो वा अर्को छाक कसरी टार्ने हो भन्ने कुनै चिन्ता छैन । त्यस्तै आफ्नो शरीरमा एकजोर लुगा लाउन पाएकोमा पनि कवि सन्तुष्ट देखिन्छन् । उनलाई नानाथरीका लुगा लगाउने सोख छैन । एकजोर लुगा लगाएर आफ्नो आङ छोप्न पाए उनी गम्म पर्छन् । यसरी कवि एक पेट खान र एकजोर लाउन पाए टम्म र गम्म हुन्छन् ।
  • "सीमा विलासको छैन" भनाइको तात्पर्य के हो ?
  • अनेक दु:खकष्ट पार गर्दै मानिस आजको सुविधा सम्पन्न युगमा आइपुगेको छ । मानिसले आफ्ना जीवनमा चाहिने यावत् कुराहरू सञ्चित गरे पनि ऊ सन्तष्ट देखिन्न । उसको असन्तुष्टिको कारण उसभित्र रहेको विलासिताको चाहना नै हो । विलासिताको मृगतृष्णा बोकेर हिँड्ने मानिसले त्यसलाई पूर्ण रूपमा कहिल्यै प्राप्त गर्न सक्दैन । आज एउटा उपलब्धि भए भोलि अर्को अनि पर्सि अकै उपलब्धि गर्ने चाहना मानिसका मनमा पलाउँदै जान्छन् । त्यस्ता उपलब्धिबाट विलासी जीवन जिउन सकिन्छ भन्ने भ्रममा मानिस परेको हुन्छ । अत: जति प्राप्त गरे पनि मानिस सन्तुष्ट हुँदैन भन्न नै "सीमा विलासको छैन" भनाइको तात्पर्य हो ।
  • कस्तो बानी भएको मानिसलाई मिजासिलो भनिन्छ ?
  • असल मिजास भएको, बोलीचाली वा बानीबेहोरा राम्रो भएको मानिसलाई मिजासिलो भनिन्छ । असल मानिसले आफ्ना साथीहरू वा इष्टमित्रसँग कहिल्यै नराम्रो व्यवहार गर्दैन । वचन बिझ्ने बोली बोल्दैन । आफ्ना कुरा खुलस्त र स्पष्टसँग राख्छ र सबैसँग मित्रवत् व्यवहार गर्छ । यस्तो खुलस्त मानिसका मनमा पापको लेस मात्र पनि हुन्न । यसले गर्दा उसले जीवनमा कहिल्यै पछुताउनु पर्दैन । पछुताउनु पर्ने अवस्था खराब आचरणका कारण आउने गर्छ । त्यस्तो अवस्था मिजासिलो व्यक्तिका जीवनमा कहिल्यै आउँदैन । अत: असल, स्पष्ट वक्ता र सबैसँग खुलस्त भएर व्यवहार गर्ने मानिसलाई सन्तुष्टि हुन्छ ।
  • 'दुवैतिर हेर्नुपर्छ' भन्नुको आशय के हो ?
  • प्राय: मानिस एकोहोरो सोचाइका हुन्छन् । आफ्नो ब्रह्मले जे देख्यो त्यसलाई सत्य ठानेर अघि बढ्ने बानी बेहोरा मानिसको हुन्छ । यस्तो एकोहोरो प्रवृत्तिले मानिसको जीवन सफल हुन सक्दैन । दायाँ बायाँ हेर्ने वा असल खराब छुट्याउने र अघि बढ्ने बानीले मात्र मानिस लक्ष्यमा पुग्न सक्छ । आफ्नै मात्र कुरा सही हो र अरूको कुरा केही होइन भन्नु गलत हो । जीवन गतिका क्रममा दुवै आँखाले नियालेर सत्य तथ्य पत्ता लगाई पाइला चाल्नु नै उत्तम हुन्छ भन्नु दुवैतिर हेर्नुपर्छ भन्नुको आशय हो ।
  • नाक, जिब्रो, हात र पाउका काम के-के हुन् ?
  • प्रकृतिले हाम्रा इन्द्रियलाई फरक-फरक कामका लागि निर्धारित गरिदिएको छ । यिनले तोकिएअनसार काम सम्पादन गर्छन । नाकले सगन्ध र दर्गन्ध चिन्ने काम गर्छ भने जिब्रोले मर्म बुझेर ख्याल गरी एकै कुरा बोल्छ र बोल्नु उत्तम मानिन्छ । कहिले बोल्नै हुदैन र कहिले नबोली हुदैन । त्येसैले हामीले परिस्तिथि अनुसार आफ्नो जिब्रो चलाउनु पर्छ । त्यस्तै हात र पाउले सही करा पत्ता लगाई काम गर्ने हो । जथाभावी हात खटटाले काम गरेमा त्यसको प्रतिफल राम्रो हन्न । अतः नाकले सुगन्ध र दुर्गन्ध, जिब्राले ख्याल गरी एकै कुरा बोल्ने र हात तथा पाउले ठिक कुरा पत्ता लगाई काम गर्नु नै यी अङ्गका मुख्य काम हुन् ।

सन्तुस्ट हुन के के गनुपर्दो रहेछ?

सन्तुस्ट हुन तल लेखिएका कुराहरु पालना गर्नुपर्दछ:
  • आफुसंग भयको कुराबाटनै सन्तुस्टि लिन पर्ने,
  • स्वावलम्बी बन्नु पर्ने,
  • मित्रता र मीजासलाई आत्मसाथ गर्नु पर्ने,
  • घुस खाने र आन्याय गर्न नर्हुने,
  • नखाई संचिता गर्न नहुने,
  • आकार्को भाग खोस्न नहुने,
  • मात्तिने किसीसमको धनको आशा गर्न नहुने,
  • दुइ आँखाँ र कानले सहि र गलत छुटाउन पर्ने ,
  • जीब्रोले बिषयको मर्म बुजेर मात्रै बोल्न पर्नु,
  • कुनै स्तिथिमा बोल्नै हुदैन र कुनै स्तिथिमा नबोलि हुदैन,
  • बले रचना र बुद्धिले सजर्ना गर्नुपर्ने,
  • जनतालाईनै भगवान मान्नुपर्ने ,
  • दुखी असहायमाथी उपकार गर्नुपर्ने

यी सबै कुरालाई आधार मनि अनुच्छेदमा लेख्न आग्रह गरिन्छ ।

व्याख्या गर्नुहोस्:

  • नआओस् आत्तिले दुख मात्तिले धन सम्पत्ति
    यतिले राम्ररी चल्छ सारा जीवनको गति।
  • माथि दिइएको श्लोक कक्षा दशको सन्तुष्टि कविताबाट साभार गरिएको हो । शास्त्रीय छन्दलाई आत्मसात गरी सामाजिक विकृति र विसङ्गतिको उजागर गर्ने मानवतावादी कवि भरतराज पन्त (१९८६ - २०६५) द्वारा रचित् यस कवितामा मानिसले आफूलाई खुसी राख्न के-के गर्नुपर्छ ?, कस्ता-कस्ता तरिका अपनाउनुपर्छ ? भन्ने देखाउन खोजिएको छ । आफ्नो जीवनलाई आनन्द र प्रसन्न राख्न टाढा जानुपर्दैन आफ्ना शरीरमा भएका अवयवलाई सरल र सहज तरिकाले परिचालन गर्न सकेमा सन्तुष्टि सजिलै लिन सकिने कुरालाई यस कविता मार्फत् प्रस्तुत गरिएको छ।

    माथिको श्लोकमा प्रचलित लोकोक्ति "सुखमा नमात्तिनु र दुःखमा नआत्लिनु" लाई अनुशरण गर्न खोजिएको छ । हामी कसैलाई पनि ज्यादै दुःख, पीडा, संकट, मानसिक तथा शारीरिक चोट सकेसम्म नआओस तर आपत विवत तथा दुःख आएपनि हामीले त्यसको नआत्लिकन सामना गर्नुपर्छ । अप्ठ्यारो अवस्थामा पनि सजिलैसंग परिस्थितिको सामना गर्ने व्यक्ति महान् कहलाउछ त्यस्तै धनसम्पत्ति भनेको पनि हातको मैला जतिकै हो जुन आज छ भोलि नहुन पनि सक्छ, त्यसैले धनको ध्यानमा लिप्त भएर त्यसकै पछि लाग्नु बेकार छ । धाक, रवाफ, फूर्ति, घमण्ड, अहङ्कार चढ्ने किसिमको धन सम्पत्तिको पनि चाहना नहोस्। सहज र सरल तरिकाले नै जीवन चलोस् । एक पेट खान र एक जोर लगाउन कुनै दुःख भएन भने जीवन सजिलै चल्छ । धेरै धन सम्पत्तिको चाहना नगरी जे छ त्यसैमा खुसी हुनुपर्ने आफूसंग भएकोमा नै सन्तुष्टि लिनुपर्ने सन्देश यस श्लोकले प्रस्तुत गरेको छ।

    यसरी माथिको श्लोकमा आत्तिने दुःख र मात्तिने धन सम्पत्ति नहोस भन्ने चाहना गरिएको कुरालाई प्रस्ट पार्न खोजिएको छ । "सन्तोषम परम् सुखम" भनेझै लोभ र पापबाट टाढा रही पौरख गरेर अगाडि बढ्ने हो भने जीवनमा सजिलै सन्तुष्टि लिन सकिन्छ भन्ने कुरा उजागर गर्न खोजिएको छ।

  • पृथिवी तल नै स्वोर्ग जनता नै जनार्दन
    उपकार सदा पूजा फल हो दुख मोचन
  • प्रस्तुत कवितांशमा कवि भरतराज पन्तले पृथ्वीलाई स्वर्गको रूपमा चित्रण गरिएको छ भने जनतालाई पृथ्वीका देवता ठानिएको छ। उपकार गर्ने मानिसको सदा पूजा हुने र उपकार गर्ने मानिसको दुःखसमेत मोचन हुने कुरा प्रस्तुत कवितांशमा रहेको छ।

    आजका मानिस स्वर्गको कल्पना गरेर भौतारिन्छन् । यसरी भौंतारिने मानिसप्रति कवि दया प्रकट गर्दछन् । स्वर्गको कल्पनामा मानिसले धेरै दुःख भोगेको छ तर स्वर्ग कल्पनामा हैन यथार्थमा हुन्छ । त्यो त यही धर्तीमा मिल्छ भन्दै कवि मानिसलाई स्वर्ग खोज्न कतै भौतारिनु नपर्ने कुरा व्यक्त गरेका छन् । भगवान् भनेको उपकार गर्ने मानिस नै हो जसले दःखमा परेका मानिसलाई सहयोग गर्छ, उसैले फल प्राप्त गर्छ । दुःखमा परेका मानिसलाई दुःखबाट मुक्त गर्न सक्ने मानिस नै यस पृथ्वीका जनार्दन हुन् । मानिसलाई परेका समस्या, पीडा, दुःख, अन्याय, अत्याचार समाधान गरी सहयोग गर्दछ त्यही भगवान् बन्छ।

    कवितांशमा कविले मानिसका इच्छा र आवश्यकताहरू असीमित हुन्छन् । स्वर्ग प्राप्त गर्ने इच्छा उपकार गरेर मात्र पूरा हुन्छ । मानिसलाई आफू रित्तिएर सहयोग गर्दा बढी आनन्द प्राप्त हुन्छ। सन्तृष्टिमा मात्र स्वर्ग छ। स्वर्ग प्राप्त गर्नका लागि मानिसले मानिसको नै सेवा गर्नुपर्छ। मानिसहरू यही पृथ्वीमा छन् । स्वर्ग भनेको नै पृथ्वी हो भने ईश्वर भनका पृथ्वीमा भएका मानिसहरू हुन् । पृथ्वीका मानिसको सेवा गरेर मात्र स्वर्ग प्राप्त हुन्छ भन्न खोज्नु नै प्रस्तुत कवितांशको प्रमुख सार हो।