थाङ्का

अभ्यास

तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्:

  • थाङ्काको सुरुआत र विकास के कसरी भएको हो ?
  • थाङ्काको सुरुवात दसौं शताब्दीतिरबाट भएको मानिन्छ । त्यस बेला नेपाल र तिब्बतका बिचमा स्वतन्त्र रूपमा आवतजावत हुने गर्थ्यो र व्यापार गर्न कुनै कठिनाइ थिएन । दुवै देशले सोझै रूपमा व्यापार गर्थे । नेपालीहरू तिब्बतमा व्यापार व्यवसाय मात्र होइन, घर गृहस्थी गरेर समेत बस्ने गर्थे । त्यस बेला नेपाल तथा तिब्बतका बौद्धमार्गीहरूमा कपडामा लेखिएका देवी देवताको पूजा गर्ने चलन थियो । पहिले सामान्य कपडामा सामान्य रूपमा चित्र लेख्ने गरिन्थ्यो । पछि त्यसलाई टिकाउ र कलात्मक बनाउन थालियो । त्यही टिकाउ र व्यवस्थित बनाउने क्रममा थाङ्काको सुरुवात भयो । तिब्बत र चिनका नेपाली कलाकारहरूलाई झिकाएरै सिर्जना गर्न लागाइयो । नेपालमा मात्र होइन नेपाली कलाकारहरूले तिब्बत र चिनमा समेत थाङ्का तयार गर्न थाले । यसरी थाङ्काको विकास तिब्बत, चिन हुँदै भुटान सहित हिमाली क्षेत्रमा भएको पाइन्छ ।
  • 'थाङ्का लेखनको सुरुआतदेखि नै नेपाली कलाकारहरूको संलग्नाता थियो' पुष्टि गर्नुहोस् ।
  • थाङ्का नेपाली कलाको मौलिक पहिचान हो । यसको लेखनमा नेपालीहरूको प्रत्यक्ष संलग्नता रहँदै आएको पाइन्छ । दसौँ शताब्दीतिर तिब्बत र नेपालका बिच आवतजावतमा र व्यापारमा कुनै रोकटोक थिएन । त्यसबेला बौद्धमार्गीहरूमा कपडामा लेखिएका देवी देवताको पूजा गर्ने चलन थियो । सामान्य कपडामा लेखिएका चित्रहरू टिकाउन नहुने हुनाले त्यसलाई व्यवस्थित गर्न थालियो । यस क्रममा नेपाली कलाकारहरूको पनि प्रत्यक्ष संलग्नता रहेको बुझिन्छ । त्यसबेला नेपाली कलाकारहरूलाई तिब्बत र चिनमा झिकाएरै कला सिर्जना गर्न लगाएको देखिनाले थाङ्काको लेखनमा नेपालीहरूको संलग्नता स्वत: पुष्टि हुन्छ । आज हिमाली क्षेत्रमा प्रमुख पहिचानको आधार बनेको थाङ्का नेपाल बाहेक धेरै ठाउँमा निकै लोकप्रिय बनेको छ । यसरी थाङ्काको लेखनमा नेपालीहरूको संलग्नता सुरुदेखि रहेको थियो भन्ने कुरा सजिलै पुष्टि गर्न सकिन्छ ।
  • थाङ्का के-के को प्रतीक हो ?
  • थाङ्का मूलत: आस्थाको प्रतीक हो । विशेषत: यो बौद्धधर्मसँग सम्बन्धित छ । बुद्धधर्ममा पञ्चबुद्ध, वज्रसत्त्व, अवलोकितेश्वर, मैत्रेयी, मञ्जुश्री वज्र वाणि, तारा आदि पर्दछन् । शाक्यमुनि बुद्धको जीवनीदेखि महापरिनिर्माणसम्म र मण्डलाका थाङ्काहरू बनाएर बुद्धधर्मप्रति आस्था प्रकट गर्ने प्रचलन व्यापक रहेको छ । आज थाङ्का बुद्धर्मावलम्बीहरूका बिच शान्ति, सद्भाव र एकताको प्रतीक बनेको छ भने नेपालका लागि व्यवसायको प्रतीक बन्दै गएको छ । यसबाट नेपाली कलाकारहरूको व्यवसाय एकातिर फस्टाइरहेको छ भने अर्कातिर बुद्धधर्म, दर्शन र विचारप्रति आस्था जगाउने माध्यम पनि बनेको छ ।
  • थाङ्का बौद्धमार्गीहरूमा लोकप्रिय हुनाका कारणहरू के-के हुन् ?
  • थाङ्का बौद्धमार्गीहरूमा लोकप्रिय हुनाका कारण थुप्रै छन् । एक त यो बुद्धप्रति आस्था जगाउने हिसाबले तयार गरिन्छ भने अर्कातिर बुद्धका रूप र विचारको अभिव्यक्ति गर्ने माध्यम समेत भएकाले यो लोकप्रिय बनेको पाइन्छ । थाङ्का बौद्धमार्गीहरूका लागि आस्था र शान्तिप्रेमीहरूका लागि शान्तिको प्रतीक बनेको छ । गुम्बाहरूमा र घर घरमा समेत थाङ्कालाई सजाइन्छ र आस्थापूर्वक पुजिन्छ । लामा बौद्ध समुदायमा त हरेक मृतकका नाममा एउटा थाङ्का अनिवार्य रूपमा चाहिन्छ । आफ्ना इष्ट देवताअनुसार अलग अलग थाङ्का चाहिन्छ र मृतकका नामको थाङ्का घरमा राखेर पूजा गरिन्छ वा गम्बाहरूमा चढाइन्छ । यसरी धार्मिक क्रियाकलापमा आवश्यक पर्ने र यसको निर्माण तथा उपलब्धता समेत सहजै हुनु नै थाङ्का बौद्धमार्गीहरूमा लोकप्रिय हुनाका कारण हुन् ।
  • किन बौद्धमार्गीबाहेक अरूले समेत थाङ्कालाई मन पराउँछन् ?
  • थाङ्का विशेषत: बौद्धमार्गीहरूमा धेरै नै लोकप्रिय भए पनि अरूले समेत मन पराउन थालेका छन । एकातिर बद्धधर्मकै हिन्दु धर्म उदार विचार र मान्यता हो भने त्यसले अँगाल्ने कुरालाई अरूले अनुसरण गर्नु कुनै नौलो कुरा होइन । त्यसैले बौद्धमार्गी बाहेक अरूले पनि यसलाई अँगाल्न थालेका छन् । अन्य धर्मालवम्बीहरूले आफ्नो आस्थालाई कलात्मक र व्यवस्थित रूपमा अभिव्यक्ति दिने माध्यमका रूपमा थाङ्कालाई अँगाल्न थालेको पाइन्छ । यसको सामग्री सहजै उपलब्ध हुने र व्यावसायिक रूपमा सञ्चालन गर्न सकिने भएकाले यो अन्य समुदायले समेत मन पराउँछन् ।

थाङ्काको विकास एवम् प्रवर्धन गर्न के गर्नुपर्ला ? आफ्ना तर्क दिनुहोस ।

थाङ्काका बौद्धमार्गीहरुको धार्मिक आस्था प्रकट गर्ने पवित्र चित्र हो । दसौं शताब्दीभन्दा अगाडिदेखि चलिआएको थाङ्काका धार्मिक आस्थाका साथसाथै उत्कृष्ट कला हो । यो बौद्धमार्गीहरुको ध्यान र ज्ञानको स्रोत पनि हो । यसमा नेपालीहरुको मौलिक कला प्रदर्शित भएको छ । थाङ्का घरमा राख्दा अनिष्ट नहुने, भूतप्रेतले बास नगर्ने, मनका इच्छाहरु पूरा हुनुको साथै शान्ति कायम हुने धार्मिक विश्वास गरिन्छ । प्रारम्भतिर थाङ्कामा बौद्ध धर्मसम्बन्धी पञ्चबुद्ध, बज्रसत्व, अवलोकितेश्वर, मैत्रेयी, मञ्जुश्री, वज्रप्राणि, तारा आदि चित्र अङ्कित हुनुका साथै शाक्यमुनि बुद्धको जीवनी सम्बन्धी चित्रहरु पनि कोरिन्थे । आजकाल बौद्धसम्बन्धी चित्रका साथै अन्य देवीदेवताका चित्र र प्राकृतिक वस्तुहरु जस्तै हिमाल, पहाड, नदी, छहराका चित्रहरु समावेश हुन्छ । थोरै लगानी र सीमित ठाउँमा सञ्चालन गर्न सकिने यो व्यवसाय धार्मिक आस्था, शान्ति र कलाकृतिका कारण सबै धर्म, जाति र सम्प्रदायमाझ लोकप्रिय बनेको छ ।

नेपाल जस्तो विकासोन्मुख देशका लागि थोरै लगानी, श्रम र सीपबाट उत्पादन गर्न सकिने थाङ्कालाई व्यवसायीकारण गर्नु जरुरि छ । यसका लागि थाङ्का विज्ञहरुले यो बौद्धधर्मका साथै अन्य धर्मका देवीदेवताको चित्र अङ्कित गर्नुपर्दछ । यसमा प्राकृतिक वस्तुहरु समावेश गरिनु आवश्यक छ । हामीले हाम्रा संस्कृतिका पहिचान, कला र सीपलाई थाङ्कामा प्रतिबिम्बन गर्नुपर्दछ । आफूलाई वेरोजगार ठानी विदेसिने नेपालीलाई यहाँका मौलिक कला सिर्जनामा लगाई स्वरोजगार हुने अवस्था सिर्जना गर्नुपर्दछ । लुम्बिनी र हिमाल पहिचानलाई संसारभर फैलाएर विदेशी पर्यटन नेपाल भित्र्याउने योजना बनाउनुपर्दछ । बौद्धमार्गीहरुको प्रमुख गन्तव्य लुम्बिनी क्षेत्र र आधुनिक सभ्यताबाट दिक्क बनेका विदेशीहरुलाई भित्र्याएर यहाको संस्कृति र कलाको रुपमा रहेको थाङ्काको महत्व दर्शाई यसको विकास र प्रवर्धन गर्न सकिन्छ ।

थाङ्का चित्रको महत्त्व, उपयोगिता र व्यवसायिकता र व्यवसायिक सम्भावना कस्तो छ ? चर्चा गर्नुहोस् ।

"थाङ्का" पाठ यस पुस्तकका लेखक डा. सुधा त्रिपाठी र उनको समूहद्वारा रचना गरिएको हो । यसले नेपालीहरुको मौलिक पहिचान बोकेको छ । विशेष गरेर बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनेको यस थाङ्का बौद्ध धर्मका देवीदेवताहरु चित्राङ्कित गरिनुका साथै बौद्ध दर्शन सिकाउने सामग्रीका रुपमा लिइन्छ । थाङ्का घरमा राख्दा भूतप्रेतबाट डर नहुने, रोग तथा अनिष्ट नहुने, शान्ति कायम हुनुको साथै मनका इच्छित कामना पूरा हुने विश्वास गरिन्छ । थाङ्का आस्थाको प्रतिक र कलाको उत्कृष्ट रुप भएकोले यसको प्रवर्धन गर्न सकेमा आर्थिक रुपमा पनि देशलाई ठुलो फाइदा हुन्छ ।

दसौं शताब्दीभन्दा अगाडि चलिआएको थाङ्का कलाको उत्कृष्ट रुप हो । घरेलु सामग्रीद्वारा तयार पार्न सकिने थाङ्कामा नेपालीहरुको मौलिकता रहेको छ । सगरमाथा, लुम्बिनी, जनकपुरधाम, बहादुरी गोर्खालीका देश नेपाललाई थाङ्काले अझ समृद्ध बनाएको छ । कमेरो र जनवारको छाला पकाइ तयार पारिएको सरेस पकाएर सेतो कटन र सिल्क कपडामा दली सुकाएर शङ्ख वा चिप्लो ढुङ्गाले घोटेर चित्र कोर्न योग्य बनाइन्छ । खाइबाले स्केच गरेको चित्र ट्रेसिङ पेपरमा उतारेर रङ भरिन्छ । पानीमा घोली पगालिएको चौबिस क्यारेटको सुनको लेप ब्रसबाट चित्रमा दलेर टल्काई देवी देवताको अङ्गहरु खोली थाङ्का तयार पारिन्छ । थाङ्कामा बौद्ध धर्म सम्बन्धी पञ्चबुद्ध, वज्रसत्त्व, अवलोकितेश्वर, मैत्रेयी, मञ्जुश्री, वज्रप्राणी, तारा आदिका साथै शाक्यमुनि बुद्धको जीवनी र मण्डलाका चित्रहरु आवश्यक ठानिन्छ । बौद्ध मार्गिहरुको ध्यान र ज्ञानको रुपमा रहेको थाङ्का घरमा राख्दा भूतप्रेत हट्ने, मनका इच्छाहरु पूरा हुने, शान्ति कायम हुने धार्मिक विश्वास गरिन्छ । हरेक मृतकका नाममा अलगअलग थाङ्का घरमा पुजा गरी गुम्बामा चढाउने प्रचलन छ । बौद्धमार्गीहरुको धार्मिक आस्थाको केन्द्र भएकाले यो लोकप्रिय छ । पहिले पहिले बौद्धमार्गीहरुको लागि तयार पारिने थाङ्का आजकाल अन्य देवीदेवताको चित्र, हिमाल, पहाड तथा प्राकृतिक वस्तुहरुको चित्र पनि राख्ने गरिन्छ । यो कलाको उत्कृष्ट रुप भएकोले बौद्धभन्दा भिन्न अन्य सम्प्रदायका मानिसहरुले पनि किन्ने गर्दछन् । कलामा राम्नेहरुका लागि यो थाङ्काले जो कोहीलाई आकर्षित गर्दछ । यसको क्षेत्रमा विस्तार भएको छ । नेपाल जस्तो अल्पविकसित देशले अन्य शक्ति सम्मपन्न राष्ट्रसँग उद्योगमा प्रतिस्पर्धा गर्न सक्दैन तसर्थ नेपालीहरुको मौलिक पहिचान बोकेको थाङ्का जस्ता घरेलु उद्योगलाई अगाडि बढाउनु आवश्यक छ । व्यक्ति स्वरोजगार हुने र विदेशी मुद्रा आर्जन गर्ने अवस्था सिर्जना गर्दछ । नेपाली सामनहरुले बाहिर निर्यात भइ विदेशी मुद्रा आर्जन गर्न सहयोग पुर्याउँछ । यसबाट नेपाली कला, संस्कृति जगेर्ना हुनुका साथै बुद्ध नेपालमानै जन्मिएका हुन् भन्ने कुरा प्रमाणित गर्दछ । देशको आर्थिक क्षेत्रमा सुधार ल्याउनुको साथै नेपालको पहिचान, मौलिक अस्तित्व लगायत इज्जत पनि बढाउँछ । प्राकृतिक रुपमा सम्पन्न नेपालमा बौद्ध धर्म सम्बन्धित थाङ्का चित्र कोरिँदा विदेशी पर्यटकहरु अझ लोभिन्छन् । थाङ्काका लागि चाहिने कच्चा सामग्री सजिलै प्राप्त गर्न सकिन्छ, एउटा बहुमूल्य मानिएको सुन पनि अप्राप्त छैन । घरको एउटा कोठामा बसेर पनि गर्न सकिने यो व्यवसायमा लागत कम पर्छ । यो कलाको उत्कृष्ट रुप भएकोले साथै बौद्धमार्गीहरुको लागि आस्थाको प्रतिक भएको हुनाले, राम्रो मूल्य पाइने हुनाले थाङ्का व्यवसायबाट निकै फाइदा हुन्छ ।

विकासोन्मुख देशमा पर्ने नेपालले हाम्रा कला, संस्कति र सीपलाई उजागर गर्नपर्छ । सीपद्वारा सिगारिएको, हाम्रो मौलिक पहिचान बोकेको थाङ्कालाई व्यवसायको रुपमा रुपान्तरण गर्न सकेमा छोटो समयमा नै देशले विकासको फड्को मार्न सक्छ । वातावरणलाई कुनै हानि नगर्ने, थोरै लगानी र सीमित ठाउँमा गर्न सकिने यो व्यवसाय सञ्चालानले वेरोजगारको विकराल समस्यालाई हटाएर स्वरोजगार सिर्जना गर्दछ । बौद्धमार्गीहरुको प्रमुख गन्तव्य लुम्बिनी क्षेत्र, यहाँका मौलिक कला सिर्जनाका साथै संस्कृतिको संरक्षण र प्रचार हुने थाङ्काक प्रबर्धन गर्न सकेमा नेपाललाई विभिन्न कोणबाट फाइदा हुन्छ । थाङ्कालाई उचित रुपमा व्यवसायीकारण गर्न सकेमा विकासोन्मुख देश नेपालका लागि वरदान सावित हुनेछ ।

थाङ्काको प्रवर्धन गर्न सक्दा नेपाललाई के कस्ता फाइदा हुन्छन् ? विवेचना गनुहास्।

चित्रका माध्यमबाट कुनै पनि कुराको अभिव्यक्ति गर्ने कलालाई चित्रकला भनिन्छ । थाङ्का कपडा वा कागजमा बनाइने चित्रकलाको एउटा उत्कृट नमुना हो । थाङ्कामा विशेष गरेर बौद्ध धर्मका देवी-देवताको चित्र बनाइन्छ । थाङ्काका कलाको उत्कृष्ट रूप मात्र नभएर यो एक सुन्दर प्रविधि पनि हो । यो कोर्ने काममा विभिन्न चरण र प्रक्रिया हन्छन । धार्मिक सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बनाउने थाङ्काको प्रवधन गर्नु नेपालको गरिमा हो।

थाङ्कामा आवश्यकताअनुसार विभिन्न प्रकारका रङहरूको प्रयोग गरिन्छ। यो कलाप्रेमीहरूका लागि उत्कष्ट कलाकृति, बौद्धमार्गीहरूका लागि आस्थाको प्रतीक, शान्तिप्रेमीका लागि शान्तिको प्रतीक हा। बौद्धमार्गीहरूमा लोकप्रिय थाङ्कालाई घरघरमा सजाइने मात्र हैन यसको पूजासमेत गरिन्छ । यो कलाकृतिका साथै आस्थाको प्रतीक भएकाले राम्रो मूल्यमा यसको विक्रीवितरण हुन्छ। यसले नेपालको अर्थतन्त्रमा सहयोग पुयाएको छ। पाँच सात सयदेखि पाँच सात लाखसम्म पर्ने थाङ्काको प्रवर्धन गर्न सकेमा यसबाट बेरोजगारी समस्याको समाधान गर्न सहयोग पुग्छ । थाङ्का बनाउने विज्ञ र कामदारहरूले राम्रो पारिश्रमिक पाउँछन् । यसले बेरोजगारी समस्यालाई समाधान गर्दछ। साथसाथै कला सिर्जनाबाट प्राप्त हुने सन्तुष्टि पनि थाङ्काबाट प्राप्त हन्छ। थाङ्काको प्रवर्धन गर्न सक्दा उत्पादक र व्यापारीलाई राम्रो फाइदा हुन्छ। थाङ्काको बजार देशबाहिर समेत भएकाले विदेशी मुद्राको आर्जन हुन गई मुलुकको वैदेशिक व्यापारमा सकारात्मक प्रभाव पर्छ । यसबाट नेपालको कला, नेपाली संस्कृति र नेपालमा जन्मिएका बुद्धका बारेमा प्रचारप्रसार भई नेपालको इज्जत र गरिमा बढछ। पर्यटन क्षेत्रको विस्तार विकास र आर्थिक उन्नतिमा टेवा पुर्यौनेहुनाले थाङ्का प्रवर्धन गदा नेपाललाई फाइदा हुन्छ।

थाङ्काका प्रवर्धन गर्न सकेमा नेपाली कला र संस्कृतिको विदेशमा समेत प्रचार-प्रसार हुन्छ । थाङ्काको प्रवर्धनबाट नेपाल बद्धसम्बन्धी सामग्री उत्पादन र बिक्री गर्ने संसारकै प्रमुख राष्ट्र बन्छ । यसले विदेशी पर्यटकहरूको आगमनलाई बढाई वैदेशिक मुद्रा आर्जन गर्न सहयोग पुग्ने हुनाले थाङ्काको प्रवधन गर्नु जरुरी छ ।

व्याख्या गर्नुहोस्:

  • जहाँ विवीधता हुन्छ, त्यहाँ अनेक सम्भावना पनि हुन्छ ।
  • प्रस्तुत गद्यांशमा जहाँ विविधता हुन्छ, त्यहाँ अनेका सम्भावना पनि हुन्छ भन्ने भावलाई व्यक्त गर्न खोजेको छ। नपाल सांस्कतिक, धार्मिक, भौगोलिक प्राकतिक, जातीय विविधता रहेको एक समृद्ध देश हा जहा धर्म, सस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन जस्ता विविधताहरू रहेका छन । समाजमा धार्मिक विविधता छ, विभिन्न भाषा र जातिका नाममा वर्गीकृत हाम्रो समाजले धर्मगत स्वतन्त्रतालाई आत्मसात् गरेको छ। मन्दिर र मास्जद, चर्च, गुम्बा यहाँ एउटै परिवारका सदस्य बनेका छन् । चर्च जाने व्यक्ति मन्दिरको बाटो हिँड्दा शिर निहुराउनु, मस्जिदमा प्रार्थना गरेर निस्केको व्यक्ति गुम्बानजिक पुग्दा सङ्कोच लिनु आवश्यक छैन । विश्वले धर्म र जातिका नाममा आँसु बगाइरहेछ। यसो हुन मानवको दायित्वभित्र पर्दैन । कुनै पनि शासकले प्रदान गर्न नसकेको आत्मिक शान्ति यदि कहीँ कतैबाट आंशिक रूपमा मात्र प्राप्त हुन्छ भने त्यो केवल ईश्वरीय प्रार्थनाबाट हुन्छ । अचेल त्यस अटल, अविचलित र अपरिवर्तित ईश्वरलाई विभिन्न स्वार्थका कारण विभिन्न जाति र धर्ममा भागबन्डा गरिएको छ। ती ईश्वर जो सबैका साझा र एउटै हुनुपर्थ्यो विभिन्न रूप र रङ्गमा समाजमा बाँडिएका छन्।

    जहाँ विविधता हुन्छन् त्यहाँ अनेक सम्भावनाहरू पनि हुन्छन् । धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन जस्त विविधताहरू नै आर्थिक विकासका आधारहरू हुन् । जसले धार्मिक तथा सांस्कृतिक पर्यटकहरूलाई भित्र्याउन मद्दत गर्दछन। भौगोलिक विविधताका कारण पर्यटक उद्योग स्थापना गरी आर्थिक लाभ लिन सकिन्छ। वनस्पतिमा भएक विविधताबाट जडिबुटीहरू सङ्कलन गरी आर्थिक लाभ लिन सकिन्छ। विविधता सम्पति हो र सम्भावनाको आधार पनि हो । नेपाल भौगोलिक, धार्मिक, आर्थिक, साँस्कृतिक र जातिगत रूपले विविधताको शोभाको आधार पनि हो । यसैले विविधताका हिसाबमा भएका सम्भावनाहरूको विकास गरी समृद्ध राष्ट्र र निर्माणमा लाग्नु हामी सबैको दायित्व हो।

  • बुद्ध र हिमाल दुबै नेपालका पहिचान हुन्।
  • नेपाल प्राकतिक सांस्कृतिक, सामाजिक, ऐतिहासिक रूपमा परिचित छ। यहाँ शान्तिका अग्रदूत भगवान् गौतम बद्ध यही भूमिमा जन्मे विश्वको सबैभन्दा अग्लो सगरमाथा हिमाल हामी नेपालीहरूको गौरव हो । नेपालमा जन्मिएका भगवान् बुद्ध र नेपालको पूर्वपश्चिमसम्म फैलिएका, उत्तरमा रहेका हिमालले नेपाललाई विश्वमा चिनाउन महत गरेका छन् । बुद्धको जन्मस्थल र सगरमाथाको देश भनेर नेपाललाई विश्वमा चिनाउने हिमाल र बुद्ध हाम्रा पहिचान हुन् । बुद्ध र हिमालको उचाइसँग हामी नेपालीको उन्नति, प्रगति र इज्जतको सम्बन्ध जोडिएको छ । त्यो इज्जत कायम राख्न हामी सबै नेपालीहरू निरन्तर रूपमा लाग्नुपर्छ ।

    नेपाल धार्मिक तथा प्राकृतिक दृष्टिले भरिपूर्ण एवम् रमणीय मुलुक हो। यहाँ रहेका हिमालहरूले प्राकृतिक सौन्दर्य थप्नका लागि मद्दत गरेका छन् । गौतम बुद्धको जन्मस्थल यस भूमिमा रहेकाले विश्वमा शान्तिको सन्देश दिएका छन् । पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमालहरूले नेपाललाई विश्वभर नै चिनाएका छन् । विश्वमा अशान्ति फैलिरहेको आजको अवस्थामा शान्तिका अग्रदूत बुद्ध जन्मेको देश भनेर नेपालको पहिचान विश्वसम्म फैलिएको छ। विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको देशका रूपमा नेपालको पहिचान विश्वसम्म फैलिएको छ। बौद्ध धर्मको उत्पत्ति र विकास नेपालबाटै भएको हो । यसले नेपाल बुद्ध धर्मको उत्पत्ति भएको देशका रूपमा संसारभरि चिनिएको छ भने विश्वको उच्च सगरमाथाको देशको रूपमा चिनाएको छ।

    बद्ध र हिमाल नेपालका धरोहर हुन् । यिनीहरू नै नेपाललाई चिनाउने प्रमुख आधार हन । नेपाललाई सगरमाथा जस्ता हिमशृङ्खलाहरूको देश र गौतम बुद्ध जस्ता शान्तिका अग्रदूत जन्मेको देश भनेर विश्वमा चिनिन्छ। हिमाल र बुद्ध नेपालका पहिचान हुन् । नेपालको गौरव र पहिचान बढाउनका लागि बुद्ध र नेपालका हिमालहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्।