स्थानीयकारणभन्दा व्यापारिकारण बेस

अभ्यास

'स्थानीयकरणमा स्थानीय शासकहरू, धनीमानीहरू, टाठाबाठाहरू र बदमासहरूको बोलवाला हुन सक्छ' यो भनाइमा तपाईं सहमत वा असहमत के हुनुहुन्छ ? तर्कसहित आफ्ना विचार प्रस्तुत गर्नुहोस्।

'स्थानीयकरणमा स्थानीय शासकहरू, धनीमानीहरू, टाठाबाठाहरू र बदमासहरूको बोलवाला हुन सक्छ' भनाइमा म सहमत छु । स्थानीयकरणमा नातावाद, कृपावाद, कोशेलीपात जस्ता प्रवृत्तिले प्रश्रय पाउने गर्छ । शासकहरू, धनीमानीहरू, टाठाबाठाहरू र बदमासहरूको बोलवाला हुन सक्छ। शक्ति र आडभरोसामा बोला चल्ने हुनाले यसमा प्रत्यक्ष रूपमा सहमती जनाउने आधार छन्।

स्थानीयकरणमा मानिस, वस्तु, पुँजी, विचार, प्रविधि, संस्कृति आदि निश्चित ठाउँ र निश्चित घेरामा खुम्चिएर रहन्छन् । मानिसका सिर्जना, विचार र नयाँनयाँ प्रविधिले संसारभरि फैलने मौका नपाउने हुँदा स्थानीयकरणमा मानिसले वस्तु, सेवा, प्रविधि लिन बाध्य हुन्छ । यसमा छनौटको समेत व्यवस्था हुँदैन । शासक तथा धनीमानीले आफ्नो अधिकार जनाएर उनीहरूको बोलचाला चल्छ । स्थानीयकरणले मानिसलाई जाति, धर्म, परम्परा, क्षेत्र आदिका आधारमा विभाजन गर्छ। मानिसमानिसबीच बैमनस्यता कायम गर्ने प्रमुख आधार पनि स्थानीयकरण न हो। स्थानीयकरणमा मानिसको प्रतिभा, क्षमता र मेहनतले फक्रने, फुल्ने र फैलिने मौका पाउँदैन । लोकतन्त्र, वाक स्वतन्त्रता, मानव अधिकार, बालिग मताधिकार, अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धिहरूको विरोध पनि हुन्छ। यो अनुदार अर्थतन्त्रको चरित्रसमेत हो । स्थानीयकरणमा उपभोक्ताहरूलाई वस्तु छान्ने अवसर समेत नहुने, लगानीकर्ताहरूलाई समेत भित्रन नदिने जस्ता कारणले गर्दा स्थानीयकरणमा स्थानीय शासकहरू, धनीमानीहरू, टाठाबाठाहरू र बदमासहरूको बोलवाला हुने हुदाँ म यस कुरामा सहमत छु।