क्लारा जेटकिन

क्लाराको जीवनीवाट पाइने प्रेरणाहरू:

  • जीवनलाई सार्थक बनाउन योजना, सङ्घर्ष, त्याग र समर्पण चाहिन्छ।
  • राज्यका हरेक तहमा महिलाको समान सहभागिताको कुरालाई जोडतोडले उठाउनु पर्छ।
  • महिला हक हितका लागि महिला मात्र होइन, पुरुष पनि लाग्नुपर्छ ।
  • वैज्ञानिक, व्यावहारिक र सहशिक्षाका विचारलाई स्थापित गर्नुपर्छ ।
  • जस्तोसुकै कठिन अवस्थामा पनि नआत्तिने र आफ्नो उद्देश्यमा दृढ रहने गर्नुपर्छ।
  • व्यक्तिगत स्वार्थलाई त्यागेर सामूहिक हितमा आफ्नो जीवन समर्पण गर्नपर्छ।

अभ्यास

तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्:

  • क्लारा कसरी ओसिपसंग नजिक भईन् ?
  • क्लारा जेटकिन सङ्घर्षशील नारी हुन् । उनले सधैं महिलाका हक र अधिकारका पक्षमा आफूलाई सशक्त रूपमा उभ्याइन् । महिलाहरूलाई पर्ण रूपमा मतदानको अधिकारवाट वञ्चित गर्ने, पुरुषको अनुमतिविना घरवाहिर जान नपाउने, सम्पत्तिमाथि महिलाको अधिकार नहने र राजनीतिक पार्टीमा महिलाहरूलाई संलग्न हुन नदिने आदि विषयका विरुद्धमा छलफल गर्न गएका वेलामा उनको भेट ओसिपसंग भयो । ओसिप वैज्ञानिक समाजवादी विचारका पक्षमा थिए । ओसिपको समाजवादी विचारवाट उनी प्रभावित भइन् । ओसिपलाई जमनवाट देश निकाला गरेपछि क्लारा पेरिस गइन् । पेरिसमा उनको भेट ओसिपसँग भयो । ओसिपको समाजवादी विचार क्लारालाई मन परेका हुनाले तथा प्रेम सम्बन्ध भएकाले उनी नजिक भइन् ।
  • क्लाराको दोस्रो विवाह कोसँग भयो र उनीहरूको दाम्पत्य जीवन कहिलेसम्म कायम भयो ?
  • क्लारा जेटकिनको दोस्रो विवाह सन् १८९९ मा फ्रेडरिक जन्डलसँग भयो र उनीहरूको दाम्पत्य जीवन सन् १९२६ अर्थात् २७ वर्षसम्म मात्र कायम रह्यो।
  • क्लारा जेटकिनको आफू संलग्न भएको पार्टीसंग कुन विषयमा मतभेद भयो ?
  • क्लारा जेटकिन वैज्ञानिक समाजवादी विचारधाराकी नारी हुन् । उनी राजनीतिकमा संलग्न हुन चाहेको कारण पनि श्रमिक महिलाहरूको हक हित स्थापित गर्नका लागि हो । उनी संलग्न पार्टी जर्मन सोसल डेमोक्रेटिकले पहिलो विश्वयुद्धलाई समर्थन र साथ दिने निर्णय गर्यो। युद्धले आम श्रमिक जनताको हित गर्दैन भने फरक विचार उनले पार्टीमा राखिन् । उनको यो विचार अल्पमतले अस्वीकृत भयो । विश्वयुद्धलाई युद्धको नाममा धनी देशले हतियार वेच्ने खेती गरेको भन्ने उनको आरोप थियो । युद्धको विपक्षमा लाग्न कारणसहित क्लाराले आग्रह गदा समेत पार्टीले नमाने पछि पार्टीसँग उनको मतभेद भयो ।
  • क्लारा विश्वयुद्धको विरुद्धमा किन लागिन् ?
  • क्लारा विश्वयुद्धकी विरोधी थिइन् । उनले आफू संलग्न पार्टीलाई विश्वयुद्धको विपक्षमा लाग्न आग्रह गरिन् तर पार्टीको बहुमतले युद्धमा जाने जर्मन सरकारको नीतिलाई समर्थन गर्यो । क्लारा त्यसमा सहमत भइनन् । उनकै पहलमा सन् १९१५ मा विश्वयुद्ध विरुद्ध अन्तर्राष्ट्रिय महिला शान्ति सम्मेलन भयो । सो सम्मेलनमार्फत् विश्वयुद्ध धनी राष्ट्रहरूको हतियार बेच्ने बहाना मात्र हो, यसले आम श्रमिकहरूको हित गर्दैन भन्दै क्लारा विश्वयुद्धका विरुद्धमा लागिन् ।
  • क्लाराको मृत्यु कहाँ र कहिले भयो ?
  • क्लाराको मृत्यु सोभियत सङ्घमा निर्वासनमै रहेका बेलामा सन् १९३३ जुन २० का दिन भयो।

'क्लारा जेटकिन अन्तर्राष्ट्रिय महिला दिवसकी प्रणेता हुन्' पुष्टि गर्नुहोस् ।

क्लारा जेटकिन महिलाका हक र अधिकारका लागि सधै सङ्घर्षरत नारी प्रतिभा हुन् । सन् १८५७ जुलाई ५ का दिन जर्मनीको सक्सोनी प्रान्तमा जन्मिएर ग्रामीण परिवेशमा हुकिएकी क्लारामा वालक कालदेखिनै गरिवी र शोषण विरोधी चेतना जागृत भयो । उनले सधै महिलाका हक र अधिकारका पक्षमा आफूलाई सशक्त रूपमा उभ्याइन् । महिलाहरूलाई पूर्ण रूपमा मतदानको अधिकारवाट वञ्चित गर्ने, पुरुषको अनुमतिविना घरवाहिर जान नपाउने, सम्पत्तिमाथि महिलाको अधिकार नहुने र राजनीतिक पार्टीमा महिलाहरूलाई सलग्न हुन नदिने जस्ता समाजमा रहेका महिलामाथिका विभेदका विरुद्धमा लाग्ने प्रण गरिन् ।

जर्मन सरकारले समाजवादीहरूमाथि लगाएको प्रतिवन्ध सन् १८९० मा फुकुवा गरेपछि क्लारा राजनीतिमा संलग्न भइन् । जर्मन सोसल डेमोक्रेटिक पार्टीको सदस्य बनेर औपचारिक रूपमा भए पनि पार्टीमा सक्रिय रहिन् । उनको संघर्षकै कारण सन् १९०६ मा उनी पार्टी शिक्षा केन्द्रीय समितिको सदस्य बनिन् । उनले पार्टीको पाक्षिक प्रकाशन 'डाइ ग्लेथिट' । समानताको सम्पादक भएर काम गर्ने अवसर पाइन् । उनले महिलाहरूलाई राजनीतिक पार्टीमा औपचारिक सलग्नता हुनुपर्छ भन्ने आवाज उठाइन् र अन्ततः सन् १९०८ मा जर्मनीमा त्यो अधिकार स्थापित भयो।यस्ता जिम्मेवारीका साथसाथै उनले जर्मनीका श्रमिक महिलाहरूलाई सङ्गठित गरिन् । सन् १९१० मा कोपन हेगेनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यस सम्मेलनमा उनले हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव गरिन् । त्यो प्रस्ताव पारित भयो र सन् १९११ देखि हरेक मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ । यसरी क्लारा अन्तर्राष्ट्रिय नारी दिवसकी प्रणेता वन्न पुगिन्।

क्लारा जेटकिनले श्रमिक महिलाका हक र अधिकारका क्षेत्रमा महत्त्वपूर्ण काम गरिन् । उनकै योगदानका कारण आज विश्वका महिलाहरू अधिकार सम्पन्न हुँदै गएका छन् । अतः क्लारा अन्तर्राष्ट्रिय नारी दिवसीकी प्रणेता हुन् भन्ने कुरा स्वतः प्रमाणित भएको छ ।

महिला हक अधिकारका लागि क्लारा जेटकिनले के कस्ता काम गरिन्, विवेचना गर्नुहोस्।

क्लारा जेटकिन सङ्घर्षशील नारी हुन् । उनको जन्म सन् १८५७ जुलाई ५ का दिन जर्मनीको सक्सोनी प्रदेशको एउटा गाउँमा भएको थियो । क्लाराका बुबा शिक्षक थिए। उनकी आमा महिलासंग सम्बन्धित सामाजिक काममा सक्रिय थिइन् । ग्रामीण परिवेशमा हुर्केकी क्लाराले गरिवी र शोषणको मारमा परेका मानिसहरूसंग सङ्गत गर्ने मौका पाइन् । त्यसैले बालककालदेखि नै उनमा गरिबी र शोषण विरोधी चेतना विकास भयो ।

त्यतिखेर जर्मनीमा श्रमिक महिलाहरू घर र कारखाना दुवैतिरको उत्पीडनमा थिए । महिलामाथिका यस्ता विभेदहरू क्लारालाई मन परेन । उनी महिलाहरूका विभेद कसरी हटाउने भन्ने विषयमा चिन्तन गर्न थालिन् । यसैबिचमा उनको भेट रसियन मूलका ओसिप जेटकिनसंग भयो। वैज्ञानिक समाजवादी विचारका ओसिपको विचारबाट उनी प्रभावित भइन् । त्यसपछि क्लारा समाजवादी राज्यव्यवस्था स्थापनार्थ अगाडि बढिन्। समाजमा महिलामाथिको विभेद कायम थियो । उनलाई यो मन परेन । त्यतिबेला महिलाहरूले पूर्ण रूपमा मतदानको अधिकार थिएन । महिलाहरूले पुरुषको अनुमतिविना घरबाहिर जान पाउँदैनथे । सम्पत्तिमाथि महिलाको अधिकार थिएन । राजनीतिक पार्टीमा महिलाहरूको सलग्नता प्रतिबन्धित थियो । यस्तो विकराल विभेदपूर्ण सामाजिक अवस्थालाई जरैदेखि उखेलेर फाल्न उनी अगाडि बढिन् । यसका कारण उनले जर्मनीवाट पेरिस र सोभियत सङ्घमा निर्वासित जीवन बिताउनु पर्यो।

जर्मन सरकारले समाजवादीहरूमाथि लगाएको प्रतिबन्ध सन् १८९० मा फुकुवा गरेपछि क्लारा जर्मनीमा रहेर राजनीतिमा संलग्न भइन् । उनी जर्मन सोसल डेमोक्रेटिक पार्टीमा रहेर काम गर्न थालिन् । त्यति वेलासम्म पनि महिलाहरूलाई राजनीतिक पार्टीमा औपचारिक संलग्नताको अधिकार थिएन । उनी औपचारिक रूपमा भए पनि पार्टीमा सक्रिय रहिन् । उनको सङ्घर्षकै कारण सन् १९०६ मा उनी पार्टी शिक्षा केन्द्रीय समितिको सदस्य बनिन् । उनले पार्टीको पाक्षिक प्रकाशन ‘डाइ ग्लेथिट' को सम्पादक भएर महिलाहरूलाई राजनीतिक पार्टीमा औपचारिक संलग्नता हुनुपर्छ भन्ने आवाज उठाइन्। सन् १९०८ मा जर्मनीमा राजनीतिक पार्टीमा औपचारिक संलग्नताको अधिकार स्थापित भयो । त्यसपछि उनले जर्मनीका श्रमिक महिलाहरूलाई सङ्गठित गरिन् । सन् १९०७ मा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनबाट उनी सचिव चुनिइन् । सन् १९१० मा कोपन हेगेनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यस सम्मेलनमा उनले हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव गरिन् । त्यो प्रस्ताव पारित भयो र सन् १९११ देखि हरेक मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ । यसरी क्लारा अन्तर्राष्ट्रिय नारी दिवसकी प्रणेता बन्न पुगिन्।

क्लारा धार्मिक शिक्षाको सट्टा वैज्ञानिक तथा व्यावहारिक शिक्षाको पक्षपाती थिइन् । उनले महिला शिक्षाका साथै सहशिक्षाका वारेमा आफ्ना धारणा राखिन् । सहशिक्षावाट लैङ्गिक विभेद कम हुन्छ भन्ने उनको विचार थियो । आज महिलाले जेजस्ता अधिकार पाएका छन्, ती सबैका पछाडि क्लाराको विचार र सङ्घर्ष जोडिएको छ।