म सडक बोल्दै छु

कवियत्री र कविताको परिचय

  • पारिजात (१९९४ - २०५०),
  • प्रगतिशील विचारक,
  • बिसङ्गतिवाद, अस्तित्ववाद, शून्यवाद जस्ता वादहरुबाट प्रभावित
  • मुक्त छन्द अर्थात गद्दमा लेखिएको कविता

महत्त्वपूर्ण बुदाँ

  • सामाजीक विकृति र विसंगतिको भन्डाफोर गर्दै भ्रस्टाचारले समाजमा पारेको प्रभावलाई प्रतिघात्मक शब्दका मध्यमबाट प्रस्तुत गरिएको,
  • नेपाली साहित्यमा विसंगतिबाद र आधुनिकीताबादबाट प्रभाबित भइ साहित्य सिर्जना गर्ने कावयीत्रि पारिजातको उत्कृष्ट रचना,
  • कहिल्यै अन्त्य नहुने निर्दोश, सहनशील, कहिल्यै नहारौने जति पनि सहने सडकको विम्ब बनाएर निर्दोश वर्गको बास्तविकता उतारिएको,
  • सडकलाई मानविकीकारण गरि निर्दोश सडक आफै निर्माण नभई मानव स्वार्थमा निर्मीत भएको प्रसङ्ग उल्लेख गर्दै एउटा निर्जीव सडक जति तान्काउदा पनि तान्किन्छ र त्येही निर्माणको अवस्थामा भ्रस्टाचार र कमिसनको खेल हुने प्रसङ्ग उठाउदै समाजका कमिसनको खेलमा विकास आयोजनलाई झुर बनाई प्रसस्त कमिसन कुम्ल्याउने र निर्दोश निर्जीव आयोजन्हारुलाई दोष दिने सामाजिक कुचालनको व्याख्या गरिएको व्यंग्यात्मक कविता,
  • आयोजन्हारू आफै कमजोर हुदैनन् त्येसमा मानिसको हात हुन्छ, आरोपहरु निर्जिबलाई खन्याई आस्तित्व गुमाउनु भन्दा अनुगमन प्रभाबकारी हुनुपर्ने आवाज उठाईएको कविता,
  • निर्जीव सडकको कुनै गल्ती हुदैन मान्छेकै बेहाल अवस्थाले दुर्घटनाहरु हुन्छन त्येस्सैले त्रासद म्रत्युहरुको कारक सडकलाई थोपार्नु उचित नहुने कुरा व्यक्त,
  • देश आफै बनाउनुपर्छ, भ्रस्टाचार र कमिसनको खेलमा लाग्दा विकासका कामहरु झुर बन्छन् । वर्षौदेखि आरोप प्रत्यारोपमा लागेका नेतृत्ववाहकहरु व्यक्तिगत स्वार्थ त्यागेर तेरो र मेरो भन्दा हाम्रो दश भन्ने भावना लिई अघि बढ्नु पर्ने र निर्जिवलाई दोष लगाउनु भन्दा आफ्नो जिम्मेवारी वोधमा लाग्नुपर्ने आग्रह भाव प्रस्तुत गरिएको उत्कृष्ट सन्देश मुलक कविता,

अर्थबोध

सडक स्थिर छ, निश्चल छ, लम्पसर परेर सुतिरहेको छ । यो कसैको घाटीमा फन्को मारेर, कसैको कमरमा बाधिएर सकैलाई पछ्याउदै हिडिरहेको छैन । यसले मानिसले जस्तो अरुलाई झुक्याउने, छल्ने जस्ता काम पनि गर्दैन । सडक सर्प जस्तै लमकन्ना परेर बगेको छ तर येसको सर्पले जस्तो डस्ने, बर्नेजस्तो तर्साउने काम गर्दैन । सर्पले जस्तो आफ्नो दुश्चरित्रको प्रदर्शन गर्दैन बरु यसले त आफ्नो ढाडमा यातायतको साधनहरुलाई गुड्न दिएर मानिस वा अन्य प्रनिहरुलाई हिड्न दिएर सहयोग पुर्याइरहेको हुन्छ । कडा कडा चट्टान फोरेर मानिसले बाटो त बनाएको छ तर आवस्यको मर्मत संभार र बेवस्ताको कारणले सडकको दशा दिन प्रतिदिन बिग्रदै गएको छ । यसले अनेकौ दुर्घटनाहरु हुने गरेका छन् । यसरी कविताको यस अनुच्छेदमा सडकका माध्यमबाट मानिसको दुश्चरित्रलाई स्पष्ट्याउले काम गरिएको छ ।(१)

सडक आफैमा निश्चल र शान्त रेहको छ । निर्दोश सडकलाई मानिहरु गाली गर्छन् । नेपालका सडकले थुप्रै समस्याहरु भोग्नुपरेको छ । मानिसहरु सदक्माठी बेपर्बाह गाडी कुदाउने, कुद्ने, हिड्ने जस्ता मात्र काम होइन चिप्लेटी, गिर, कवाजजस्ता खेलहरु खल्ने गर्छन् । साँघुरा सडकहरुमा यात्रुबाहक बस र मालबाहक ट्रकहरु गुड्ने गर्दछन् । एकले अर्कालाई उछिन्न खोजेर, बाटो छेकेर, जाम गराइदिन्छन् तर यसको गालि भने सडकले बेहोर्नु परेको छ । लापरबाही तथा दूतगतिका कारण जोगीमारा, नागढुंगा र कुर्लिनघाट, ओडारे भिर र बादरे भीरबाट बसहरु खासिरहेका छन् । यसबाट कैयौं यात्रीहरु घाइते भएका छन् भने कयौंको त्रासद मृत्यु पनि भएको छ । यस्ता धटनाको जिम्मेवार सडक होइन यसको जिम्मेवार त मानिस आफै हो, निर्जीव सडक होइन तर मानिसहरु आफै उम्कन सडकलाई दोष लगाउन पछी पर्दैनन् ।(२)

नेपालमा सडकको अवस्था त्यति राम्रो छैन । मानिसले सडक त बनाएको छ तर ढल, नाली बनाएको छैन । तयसैले बर्षामा परेको पानीले सडक भिज्न सक्छ, पहिरोका कारण सडक पुरिन सक्छ यधापि सडक मानिहरुको आवश्यताको विषय हो । पहिरोले थुपारेको माटो, ढुंगा पन्छाएमा सडक पुन: देखिन सक्छ । पानीको भेल कटाएमा सडक पुन: चालु हुन सक्छ । सडक निरन्तर रहिरहन्छ किनकि सडक मानिसको आवश्यकता हो । मानिसकै कारणले सडक बेहाल बन्न पुगेको छ । सडकको मर्मत, संभार र संरक्षण हुनु भनेको मानिसको आफ्नै सुरक्षा हुनु हो ।(३)

मानिसहरु सडकलाई अर्थहीन, झुर, खत्तम र रद्दीजस्ता बेतुकका गाली गरिरहेका छन् । यसप्रति मानिससंग सडकको गुनासो रहेको छ । सडकले मानिसलाई नि: स्वार्थ सेवा पुर्याइरहेको छ । आफुलाई कुखुराको गुलाफी फूल सम्झेर सुरक्षित घुमफिर गर्न चाहनेहरुले आफूप्रति आरोप लगाइयेकोमा सडकको गुनासो छ । त्यसैले जसलाई सोध्नुपर्ने हो उसैलाई सोध भनी सडकले जवाफ दिएको छ । अर्थहीन रुपमा सडकसंग सोधेर कुनै कामै छैन । सडक लाञ्छिन, थाकिन र शब्दीन अवस्थामा गम्भीर भएर बोलिरहेको छ ।(४)

अभ्यास

पाठमा दिइएको कविताको मूल आशय के हो, विवेचना गर्नुहोस् ।

साहित्यकार पारिजातले 'बैंसालु वर्तमान' कविता सङ्ग्रहमा सङ्गृहीत कविता 'म सडक बोल्दै छु' मा सडकले मानिसले अबुझ भएर मानबको मृत्यु सडकले गर्दा भएको चर्चा गरिएको छ । सामाजिक असमानता, विसंगति र विकृतिका विरुद्ध कलम चलाउने पारिजातले 'म सडक बोल्दै छु' कवितामा पनि सडकले भोग्नुपरेका समस्या र त्येसले मानवका निम्ति बेकालमा त्रासदीपुर्ण मृत्यु वरण गर्नुपर्ने अवस्थाको चर्चा भएको छ ।

पीडा र संघर्षको जीवन व्यतीत गरेकी पारिजतले यस कवितामा सडक आफै बोल्ने बनेर आहत भएको व्यथा पोखिएको छ । सडकलाई मानाविकृत गरी मानवले सडकलाई गरेको कुकृत्यले मानव स्वयम् दु:खको भुमरीमा परेको मृत्युवरण गर्नुपरेको धन र जनको क्षति भएको हुदा सडकलाई गाली गर्नुको कुनै तुक छैन भनिएको छ । सडक पुरिइॅंदा, भेलले बगाउॅंदा भत्किदा समयमा मर्मत सुधार नगर्ने, आदि सवारी साधन जथाभावी कुदाउने, यात्रुले सडकको ठीकसंग सदुपयोग नगर्ने प्रथा ट्राफिक नियमको पालना राम्रोसंग नगर्दा सडक दुर्घटना बढ्दो छ । यसको न्यूनीकरण गर्नका लागि मान्छे स्वमको मानसिकता परिबर्तन गर्नु जरुरि छ । मनोवृत्ति नै अरुलाई दोष दिने, आफु जिमेवार नबन्ने प्रवृतिको अन्त्य गर्न सके सडक भत्कदैनथ्यो । भत्किए, पहिरोले पुरियेमा पनि बन्दथ्यो, आफु अरुलाई दोष लगाएर उम्कने भन्दा शब्दहीन सडकलाई सरापेर होइन, मानिस स्वम्ले सडकको सहि सदुपयोग गरि आफु जोगिने उपाय गर्नुपर्छ ।

यसरी 'म सडक बोल्दै छु' कवितामा साहित्यसेवी पारिजातले सडकलाई मानवी भाषामा बोल्न लगाई मानवले सडकप्रति गरेको बेवस्ता मानावकै गलत क्रियाकलाप सोचको परिणीति उसको मृत्यु भएको हो । धनजनको क्षति भएको छ । गद्द कविताको उत्कृष्टताको झलक प्रस्तुत भएको यो कविता सरल भैकन पनि व्यंग्य प्रधान छ । नेपालीहरुले सडकप्रति गर्नुपर्ने कर्तव्य र जिम्मेवारीको बोध गराउने सन्देश पनि दिएकै छ ।