सन्दुक रुइत

महत्त्वपूर्ण बुदाँ

  • दुर्गम गाउँमा जन्मिएर पनि महान चाहना र दृड इच्छा शक्ति बोकेर आगि बढेको,
  • कर्मशील व्यक्ति आफुले टेकेको धर्तीलाई मुटु र शरीरमा सजाउदै सम्पन्न मुलुकबाट आएका विभिन्न अवसरलाई अस्वीकार गर्दै आफ्नै मातृभूमिका सेवामा तल्लीन व्यक्ति,
  • बिश्वो विख्यात सरल र कम लागतमा मोति बिन्दुको चिकित्सा पद्दति 'रुईतेक्टोमी' का सुरुवात कर्ता,
  • आमाको फरियामा लुट्मुटिदै खल्ने सात बर्सको कलिलो उमेरमा दार्जिलिङमा गएर संघर्सको सुरुवात गर्दै प्रख्यात आखाको डाक्टर बन्न सफल, संघर्सशील, प्रेरक व्यक्तितो,
  • एक दाजु र दुई बहिनीको हृदय बिदा र अन्त्यको पिडालाई साहासमा बदल्दै अगाडी बढेका सफल व्यक्ति,
  • सुरुमा जनरल फिजिसियन र पछि आँखाँको उत्कृष्ट डाक्टर बने,
  • लामो समयको खोज र अनुशन्धान पछि 'एन्ट्राओकुलर लेन्स' पद्दति पत्ता लगाएपछि बिश्वोमा नेपालको नबिन प्रविधि रुइतेक्टोमीको रुपमा बिश्वोमा परिचित प्रविधिका आविस्कारक

अभ्यास

तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्:

  • रुइतको बाल्यकाल कस्तो थियो ?
  • ताप्लेजुङ जिल्लाको सुन्दर गाँउ ओलाङचुङगोलामा मध्यम वर्गीय परिवारमा जन्मिएका रुइतको बाल्यकाल असाध्यै रमाइलो र लोभलाग्दो थियो । आफ्नो घरबाट देखिने सेताम्मे हिमाल र प्रत्येक बिहान डाँडा पाखामा देखिने रातै फुलेका गुराँसका फुलहरु हेरेर मन्त्रमुग्ध हुँदै उनले आफ्नो बाल्यकाल बिताएका थिए।
  • सन्दुक रुइतले डाक्टर बन्ने अठोट कसरी पुरा गरे ?
  • सानैदेखि अध्ययनशील र जिज्ञासु स्वभाव भएका सन्दुक निकै मिहिनेती पनि थिए । उनका बुबाले आफ्नो छोरालाई डाक्टर बनाउने सपना देखेका थिए । सन्दुकले पनि डाक्टर बनेर बुबाको सपनालाई साकार पार्ने अठोट गरे र लगनशील भएर पढ्न थाले । प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि उनले त्रिचन्द्र कलेजबाट आइएस्सी पास गरे त्यसपछि छात्रवृत्ति पाएर एमबिबिएस पढ्न भारत गए । उनले एमबिबिएसको पढाइ पुरा गरेपछि नेपाल फर्केर वीर अस्पतालमा काम गर्न थाले । यसरी सन्दुक रुइतले आफ्नो डाक्टर बन्ने अठोट पुरा गरे ।
  • रुइतेक्टोमी के हो र यसमार्फत कसरी आँखाको उपचार गरिन्छ ?
  • रुइतेक्टोमी सन्दुक रुइतले पत्ता लगाएको आँखाको उपचार गर्ने सबैभन्दा सस्तो, सरल र भरपर्दो चिकित्सा पद्धति हो । यस प्रविधिको प्रयोग गरी मोतीविन्दुका कारण आँखाको दृष्टिशक्ति गुमाएका बिरामीको आँखाको शल्यक्रिया गरिन्छ र ‘इन्ट्राओकुलर लेन्स' बिरामीको आँखामा लगाइन्छ त्यसपछि बिरामीहरु आफ्नै आँखाले संसार देख्छन्।
  • सन्दुक रुइत कसरी विश्वका चर्चित डाक्टर बने ?
  • डाक्टर बनेर बुवाको सपना पुरा गर्ने अठोट गरेका रुइतले बाल्यकालदेखि नै निकै सङ्घर्ष गर्दै आफ्नो पढाइलाई अगाडि बढाए र डाक्टर बन्न सफल भए । उनी आँखाको डाक्टर बनेको समयमा मोतीविन्दुको उपचार निकै जटिल र महङ्गो थियो त्यसैले रुइतले सस्तो, सरल र भरपर्दो तरिकाले उपचार गर्न सकिने रुइतेक्टोमी प्रविधि र इन्ट्राओकुलर लेन्सको आविष्कार गरे । रुइतले पत्ता लगाएको प्रविधि विश्वमै सस्तो, सरल र भरपर्दो प्रविधिको रुपमा स्थापित हुन पुग्यो जसका कारण रुइत विश्वका चर्चित डाक्टर बन्न पुगे।
  • सन्दुक रुइतको जीवनीबाट के कस्तो प्रेरणा पाउन सकिन्छ ?
  • सन्दुक रुइतको जीवनीवाट हामीले दृढ अठोट लिएर लगनशील भई काम गरेमा जीवनमा आइपर्ने जस्तोसुकै अप्ठ्यारो परिस्थितिको पनि सामना गर्न सकिन्छ । वाधा व्यवधानलाई पन्छाउदै अगाडि बढ्न सकेमा नै जीवनमा सफलता प्राप्त गर्न सकिन्छ । दुखमा नआत्तिने र सुखमा नमात्तिने व्यक्ति नै उचाइमा पुग्न सक्छ । धैर्य, साहस, दृढ इच्छा शक्ति र सङ्घर्ष गर्न सके स्वदेशमै बसेर नाम र दाम कमाउन सकिन्छ भन्ने प्रेरणा पाउन सकिन्छ।

भाव स्प्रष्ट गर्नुहोस्:

  • प्रत्येक जातिको आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान हुन्छ ।
  • प्रस्तुत हरफ नेपाली पाठ्यपुस्तकका लेखक डा.सुधा त्रिपाठी, डा. धनप्रसाद सुवेदी र रामप्रसाद ज्ञवालीद्वारा सम्पादित सन्दुक रुइतको जीवनीमा आधारित प्रसङ्ग हो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक विशिष्टता भएको देशमा प्रत्येक जातिको आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान हुन्छ र एक जातिले अर्को जातिको परम्परा र रहन सहनको सम्मान गर्नुपर्छ भन्ने प्रसङ्गमा प्रस्तुत हरफ व्यक्त गरिएको हो । नेपाल भौगोलिक विशिष्टता भएको देश मात्र नभएर कला, साहित्य र संस्कृतिका साथै बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशिष्टताले भरिपूर्ण भएको देश हो । यहाँ १२५ जातजाति, १२३ भाषा बोल्ने र १० भन्दा बढी धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । नेपालमा बसोबास गर्ने यी सम्पूर्ण जातिको आ-आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान छ । प्रत्येक जातिको परिचयको मूल आधार नै उसको भाषिक, धार्मिक र सांस्कृतिक पक्ष हो । जातीय पहिचान बिना कसैको पनि मौलिक अस्तित्व कायम गर्न सकिंदैन । व्यक्तिको व्यक्तित्व विकासको मूल आधार नै जातीय पहिचान हो । जातिलाई जीवित राख्ने र संस्कृतिको हस्तान्तरण गर्ने माध्यम नै भाषा हो । भाषिक विविधताकै कारण प्रत्येक जातिले आफ्नो मूल संस्कृतिको विकास तथा प्रचार प्रसार गरेका हुन्छन् । भाषा अस्तित्वमा नभएका जाति बिस्तारै लोप हुँदै जाने खतरा बढ्छ । त्यस्तै गरी धर्मले प्रत्येक जातिमा आत्मीय सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउँछ । धार्मिक सहिष्णुताबाट नै सहकार्य र सहमतिको यात्रालाई अगाडि बढाउन सकिन्छ । यसरी प्रत्येक जातिको आ आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान हुने भएकाले एक जातिले अर्को जातिको पहिचानलाई सम्मान गर्दै जातीय सङ्कीर्णताभन्दा माथि उठेर राष्ट्रिय पहिचानलाई सर्वोपरि ठान्नुपर्छ र नेपालको समुन्नतिका लागि एकजुट हुनुपर्छ ।
  • नेपालको एउटा दुर्गम गाँउमा जन्मिएका रुइत अहिले विश्वभर चर्चाको शिखरमा छन ।
  • प्रस्तुत हरफ नेपाली पाठ्यपुस्तकका लेखक डा. सुधा त्रिपाठी, डा. धनप्रसाद सुवेदी र रामप्रसाद ज्ञवालीद्वारा सम्पादित सन्दुक रुइतको जीवनीमा आधारित प्रसङ्ग हो । सन्दुक रुइत नेपालको एउटा दुर्गम गाँउमा जन्मिएका थिए तापनि आफ्नो लगन, मिहिनेत र सङ्घर्षका कारण अहिले उनी विश्वभर चर्चाको शिखरमा छन् भन्ने प्रसङ्गमा प्रस्तुत हरफ व्यक्त गरिएको हो । प्रतिभाशाली मानिसको क्षमता दुर्गम भूगोलले छेक्न सक्दैन र उसको व्यक्तित्वलाई कमजोर बनाउन सक्दैन भन्ने कुरालाई रुइतले प्रमाणित गरेका छन् । अध्ययनशील र जिज्ञासु स्वभावकै कारणबाट विश्वभर आफ्ना आविष्कार र प्रविधिलाई स्थापित गराउन सफल रुइत सबैका लागि अनुकरणीय बनेका छन् । खाने मुखलाई जुगाँले छेक्दैन भनेझै दृढ इच्छा शक्ति र सङ्घर्षशीलरुइतलाई अघि बढ्न दुर्गम भूगोलले रोक्न सकेन । घरपरिवार र आफन्तबाट धेरै टाढा गएर भएपनि आफ्नो र बुबाको सपना साकार पार्ने अठोट लिएका रुइत एक दाजु र दुई बहिनीको हृदय विदारक निधनको मर्माहत पीडालाई मुटुभित्रै दबाएर साहस र आत्मबलका साथ अध्ययनलाई निरन्तरता दिन सफल भए । प्रवेशिका परीक्षा उत्तीर्ण गरी त्रिचन्द्र कलेजबाट आइएस्सी पुरा गरेका सन्दुकले एमबिबिएस पढ्ने छात्रवृत्ति पाए। त्यहाँबाट एमबिबिएस पास गरेपछि उनी वीर अस्पतालमा जनरल फिजिसियनको रुपमा जागिरे भए । नेपालका विभिन्न क्षेत्रमा सञ्चालन गरिएका आँखा शिविरबाट आँखा रोग विशेषज्ञ बन्ने अठोट गरेका रुइतले मोतीबिन्दुको उपचार गर्ने सस्तो, सरल र भरपर्दो प्रविधिको आविष्कार गरे जुन प्रविधि रुइतेक्टोमीको नामबाट संसारभर परिचित छ । उनले तिलगङ्गा आँखा केन्द्रलाई कर्मथलो बनाएर सेवा प्रदान गर्नुका साथै उनको नेतृत्वमा तिलगङ्गा आँखा केन्द्रले बनाएका करोडौँ करोड आँखाका लेन्स विदेशमा निर्यात भइरहेका छन् । उनको मानवीय सेवाको उच्च मूल्याङ्कन गर्दै बिबिसी र नेसनल जियोग्राफिक च्यानल जस्ता विश्व प्रसिद्ध समाचार टेलिभिजनले विश्वव्यापी रुपमा प्रचार प्रसार गरिरहेका छन् । यसरी उनले गरेका उल्लेखनीय कामले गर्दा नै नेपालको एउटा दुर्गम गाँउमा जन्मिएका रुइत अहिले विश्वभर चर्चाको शिखरमा छन्।

सन्दुक रुइतले आँखाको उपचार गर्ने क्रममा के कस्तो योगदान दिएका छन् ? बिश्लेषण गर्नुहोस् ।

सबैका प्रेरणाका स्रोत, नेपाल र नेपालीका ढुकढुकी एवम् आदर्श पात्र सन्दुक रुइत नेपालको मात्र नभएर विश्व चर्चित आँखाका डाक्टर हुन् । उनी वि.सं २०११ भदौ १९ गते नेपालकै दुर्गम ठाउँ ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला भन्ने गाउँमा जन्मिएका हुन् । ग्रामीण भूभागमा उचित उपचार नपाएर आफ्नो जेठो छोरोको मृत्युको कारण कान्छो छोरो सन्दुक रुइतलाई डाक्टर बनाउने सपना बोकेका बुबा सोनामको इच्छालाई आफ्नो आदर्श मान्दै उनले सात वर्षको उमेरमा आमाको काखलाई छोडेर विभिन्न अप्ठ्याराहरुसँग सिँगोरी खेल्दै दार्जिलिङ लगायत विभिन्न स्थान पुगेर आफ्नो अध्ययन पूरा गर्छन् । अधक परिश्रम र दृढ सङ्कल्पका कारण उनी विश्व प्रसिद्ध नेत्र चिकित्सक बन्न सफल हुन्छन् ।

डाक्टर बन्ने अभिष्ट लक्ष्य बनाएका सन्दुकले भारतको लखनउस्थित किङ्ग जर्ज मेडिकल कलेजबाट एम.बि.बिएस पूरा गर्दछन् । नेपालको पुरानो वीर अस्पतालमा जनरल फिजिसियनको रुपमा कार्य गर्दा आँखाका डाक्टर रामचन्द्र पोख्रेल र नवीनचन्द्र राईको सामित्यता प्राप्त गरी उनकै साथ धनगढी आँखा क्याम्प जादा एकै परिवारका पाँच छ जनाले उपचारपछि आँखा देख्न पाएकोमा असिम खुसी भयको देखेर सन्दुकको जीवनमा नयाँ मोड ल्याइदियो । आफ्नो स्वार्थलाई छोडेर परसेवामा खुसी हुने रुइतले आँखाको डाक्टर बन्ने नयाँ योजना बनाए । आठ वर्ष त्रिपुरेश्वर आँखा अस्पतालमा कार्य गरी नेत्र चिकित्सक फ्रेड हुलेजको सल्लाहअनुसार अष्ट्रेलिया गई आँखाको शल्यक्रियाको क्षेत्रमा थप ज्ञान हासिल गर्छन ।

अध्ययन र अनुसन्धानको लामो प्रयासपछि रुइतले आँखाको शुल्यक्रिया सम्बन्धी सहज र सुलभ प्रविधि ‘रुइटेक्मी’ आविष्कार गर्छन् जसले उनलाई विश्वचर्चित बनाउछ । यस प्रविधिबाट सजिलो रुपमा, कम खर्चमा आँखा शल्यक्रिया गर्न सकिन्छ । साथै उनले ‘इन्ट्राओकुलर लेन्स’को पनि आविष्कार गरे । आँखाको शल्यक्रियापछि यस लेन्स विरामीले आँखामा लगाएपछि उनीहरुको आफ्नै आँखाबाट संसार देख्न सक्छन् । यस्तो लेन्स विदेशमा भन्दा नेपालमा सस्तो पर्छ । त्यसैले अहिले विश्वका अधिकांश मुलुकमा यही लेन्सको प्रयोग गर्न थालिएको छ । ‘मानव सेवानै सबैभन्दा ठुलो धर्म हो’ भन्ने मूल मन्त्रको अनुकरण गर्ने सन्दुकले अष्ट्रेलियन फ्रेड हलोज फाउन्डेसन, नेपाली समाजसेवी र साहित्यकारहरुको सहयोगमा वि.सं. २०५१मा तिलगङ्गा आँखा केन्द्रको स्थापना गरी मानव संसाधन तालिम केन्द्रमार्फत सेवा प्रदान गरिरहेका छन् । रुइतले सुरु गरेको नवीन प्रविधि रुइतेक्टोमी मार्फत विगत तीन दशक अवधिमा एक लाख मानिसको आँखाको शाल्यक्रिया भइसकेको छ र विश्वका असीभन्दा धेरै मुलुकले यो प्रविधिलाई प्रयोगमा ल्याएका छन् । उनले भिडियो कान्फरेन्समार्फत विश्वका धेरै नेत्र चिकित्सकहरुलाई यस प्रविधि सम्बन्धी ज्ञान दिइरहेका छन् । रुइतेक्टोमीको आविष्कार हुनुभन्दा पहिले देशको कुल जनसङ्ख्याको 0.८% मानिसमा दृष्टिविहिनताको समस्या अहिले धटेर 0.४%मा झरेको छ । आज उनकै लगनशीलता र सक्रियाले विश्वका लाखौं मानिसले आँखाको ज्योति पाएर सुन्दर संसारमा रमाइरहेका छन् ।

विकट गाउँमा जन्मिएर पनि आफ्नो निरन्तर लगनशीलता, साधना र परसेवाको भावनाका कारण आँखाको उपचार सम्बन्धी विश्वचर्चित व्यक्ति बनेका छन् । जस्तोसुकै पीडा र कठिन परिस्थितिसँग सङ्घर्ष गर्दै अगाडि बढ्ने सन्दुकले प्रतिपादन गरेको रुइतेक्टोमी पद्धतिमार्फत विश्वभरका मानिसहरुले सेवा पाइरहेका छन् । इन्ट्रओकुलर लेन्सद्वारा विरामीहरुले आँखा आँखाबाट संसार देख्न पाएका छन् । उनका यी सुकार्यहरुले गर्दा अनेकौं मानसम्मानबाट विभूषित हुने अवसर पनि पाएका छन् । निश्चित लक्ष्यमा अगाडि बढ्ने मान्छे सफल भएरै छोड्छ भन्ने दृष्टान्तका उदाहरण बनेका छन् । उनी अरुको आँखामा ज्योति प्रदान गरेर आज सबैका आँखाका ज्योति बन्न सफल भएका छन् ।