हाम्रो संस्कृति

अभ्यास

संस्कृतिको चरित्र परम्परागत हुन्छ तर अपरिवर्तनशील भने हुँदैन । व्याख्या गर्नुहोस्।

प्रस्तुत व्याख्यय गद्याशले संस्कृति सनातनी परम्पराले सिजिएको मौलिक रूप भए पनि यो परिवर्तनशील छ भन्ने विचार व्यक्त गरेको छ । पुर्खाद्वारा सिर्जित गौरवमय संस्कृति मानवीय आवश्यकता पूरा गर्ने साधनका रूपमा रहेको छ । यो परम्परित सस्कार, व्यवहार, भाषा, शैली, खानपान, आचरण समयको परिवर्तनसंग परिष्कृत हुँदै जान्छ । यो गतिशील प्रक्रिया हो । मानिसले आफ्नो सजिलाका लागि बनाएकाले संस्कृतिले परिवर्तनशीलता स्वीकार गरेको हुन्छ । संस्कतिको शाब्दिक अर्थ नै संस्कार गरिएको अर्थात् परिष्कार भएकाले संस्कति समयानुकूल परिष्कृत तथा परिमार्जित हुँदै अझ वढी सुसंस्कृत बन्दै जान्छ । यथास्थितिमा संस्कति रहदैन । विज्ञान र प्रविधिको विकास, मानवीय सोचाइमा आएको परिवर्तन तथा आविष्कार र आवश्यकता वलिदै जांदा अनि मानिसले जीवनलाई सहज र सरल बनाउँदै जांदा संस्कृति सधैं उस्तै नरहेको हो। समाज व्यवस्थित, सहज, सरल र समय, सन्दर्भ र आवश्यकताअनुसार संस्कृति परिवर्तन हुँदै जाने प्रक्रिया भए पनि पुराना असल गुणहरू बोक्दै अगाडि बढ्ने संस्कार भएकाले यो परम्पारगत हुँदाहुँदै पनि परिवर्तनशील छ।

यसरी मानवीय जीवन पद्धति परिवर्तनसँगै परम्परागत संस्कृति पुर्खाको नासो हुँदाहुँदै पनि परिवर्तनशील हुँदै जान्छ । यो परिष्कृत बन्ने गुण भएको आर्जित व्यवहार हो, मानवीय जीवनशैली हो । संस्कृतिभित्रका विकृति हट्दै जाने भएकाले यो सदैव एकै नासको रहँदैन । त्यसैले संस्कृतिको चरित्र परम्परागत हुन्छ, तर अपरिवर्तनशील भने हुँदैन।

नेपाल सांस्कृतिक दृष्टिले अत्यन्त समृद्ध छ भन्ने कुरालाई पुष्टि गर्नुहोस् ।

नेपाल सास्कृतिक दष्टिले अत्यन्त समृद्ध मुलुक हो। आकारका दष्टिले अर्थात् भूगोललाई हेर्दा नेपाल सानो र आर्थिक रूपमा केही विपन्न भए पनि प्राप्त सम्पदामा अनि सांस्कृतिक विविधतामा यो समृद्ध छ, सम्पन्न छ। विभिन्न जातजाति भाषाभाषीहरूको साझा चौतारी बनेको नेपाल भाषा रीतिस्थिति, चालचलन, रहनसहन, भेषभुषा, चाडपर्व आदिको मौलिक पहिचान बोकेको अनुपम देश हो । सास्कृतिक धर्म एवम् आचरण हुँदाहुँदै पनि जातीय धार्मिक सांस्कतिक सहिष्णताले नेपालीहरूको समझतामा उच्च छवि देखिन्छ । राष्ट्रिय संस्कतिको अभिन्न अट्गका रूपमा रहेका विभिन्न भाषाभाषी, जातजातिका मौलिक विविधतामयी संस्कति भएर पनि नेपालीबिच अनेकतामा एकता र अपार सहिष्णुताले नेपाली एकै घरका जहान परिवार बनेका छन् । देशका सबै धर्म, जाति, भाषा आदिको योगको समष्टिलाई नै सांस्कृतिक समुद्रता भनिन्छ । 'अतिथि देवो भवः, परोपकार पुण्याय सेवा नै परमो धर्म' जस्ता मूल मन्त्रलाई आत्मसात् गर्दै अगाडि बढ्ने नेपालीहरूको विविधताको संस्कति नै मौलिक परिचय बनेको छ र यो सांस्कृतिक समुद्धताको द्योतक पनि हो।

यसरी सनातनी संस्कृतिलाई समयानुकूल परिष्कृत र परिमार्जित गर्दै सुसंस्कृत र सभ्य संस्कार वोकेको नेपाली संस्कृति विविधतामयी छ । जातजाति धर्म भाषाभाषीहरूको अलग अलग संस्कृतिको मेलले नेपाली संस्कृति समृद्ध बन्न पुगेको छ।

नेपालमा संस्कृतिका नाममा देखिएका विकृतिहरूको उदाहरणसहित विवेचना गर्नुहोस् ।

धेरै समयदेखि दश कालसापेक्ष आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुदैँ आएको छ। आचारविचार, रहनसहन आदिका माध्यमले कनै राष्ट समाज, जाति आदिको स्वरूप छुट्टिने यावत मान्यता, भावना, चिन्तनमनन, भौतिक अभिव्यक्तिसहित रहेको समूह वा साधनलाई संस्कृति भनिन्छ। यो राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीतिक अर्थव्यवस्था आदिमा प्रतिविम्बित हुन्छ। संस्कति कला साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विषय वा मूल्यमान्यताहरूको समष्टिगत नाम हो । संस्कृति मानिसको सामूहिक जीवन शैली हो । व्यक्तिगत रूपमा मानिस भिन्न भए पनि सांस्कृतिक रूपमा त्यो एउटा समुदाय वा राष्ट्रको अङ्गको रूपमा रहेको हुन्छ । संस्कृति आचारसंहिता पनि हो । नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यहाँ संस्कृति जगेर्ना गर्नका लागि विभिन्न उत्सवहरूको आयोजनासमेत गरिन्छ । संस्कृति जगेर्ना गर्नका निम्ति गरिएका उत्सवहरूमा देखिएका विकृतिहरूले संस्कृतिको प्रतिष्ठालाई असर पुयाएको छ।

संस्कृति मानिसका लागि हो। अन्धविश्वास, विभेद, शोषण, उत्पीडन आदि संस्कृति नभएर विकृति हुन । नेपालमा दाइजो, तिलक, बोक्सी, छुवाछुत, वलिप्रथा जस्ता खराब प्रथाहरू छन् । जसलाई हामीले नाममा जोगाइरहेका छौँ । यसो हुन भनेको संस्कृतिलाई लोप बनाउनु हो। घुस खाने, भ्रष्टाचार गर्ने, अरुलाई दु:ख दिने, नराम्रो काम गरेर पनि धनी बन्नुपर्छ भन्ने चिन्तन र व्यवहार विकृतिका नमुना हन । यस्ता विकृतिहरू संस्कृति कदापी हुन सक्दैनन् । चाडपर्व, पूजाआजा, जन्म, विवाह, मृत्यु आदि हाम्रा संस्कारका अबसरहरूमा अनावश्यक खर्च गर्ने, आडम्बर देखाउने, मादक पदार्थ सेवन गर्ने, तास जवा खेल्न हाम्रो संस्कृतिमा देखिएका विकृतिका उदाहरण हुन्।

संस्कृति जोगाउने नाममा विकृतिहरू बढ्दै गएका छन् । नारीको महान् चाड तिजको बहानामा लागुपदार्थ सेवन गर्ने लामो समयसम्म भोजभतेरको आयोजना गर्ने, भड्किला प्रकारका कपडाहरूको प्रदर्शन गर्ने, छाडा गितहरुको आयोजना गर्ने संस्कृतिको नाममा देखिएका विकृतिका थप उदाहरणहरू हुन् । त्यसैगरी होली को जगेर्ना गर्ने बहानामा जथाभावी छ्याप्ने, लागुपदार्थके सेवन गर्ने, नराम्रो व्यवहार गर्ने; शिवरात्रिको अवसरमा गाँजा तान्ने, दशैंको समय मादक पदार्थको सेवन गर्ने, अनावश्यक धनको घमण्ड देखाउने, होहल्ला गरेर समुदायमा असर पुऱ्याउने तिहारको बेलामा अनावश्यक रूपमा पटाका पड्काउने, देउसी भैलोका नाममा अनावश्यक रकम उठाउने तास जुवा खेल्ने जस्ता प्रवृत्ति बढ्दै गएका छन् । यी पनि संस्कृतिमा देखिएका कुप्रवित्तिका उदाहरणहरू हुन्।

हामीले हाम्रा मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ । संस्कृतिको मूल चरित्र परिवर्तनशील भएकाले आवश्यकताअनुसार तिनलाई परिमार्जन र परिष्कार गर्दै लैजानुपर्छ तर परिष्कार र परिमार्जनका नाउँमा विकृतिलाई प्रश्रय दिनु हुँदैन । संस्कृतिका नाममा देखिएका विकृतिहरूले हाम्रो समाजमा नकारात्मक असर पारी संस्कृतिको संरक्षण होइन विकर्षण गर्छ। शुभकामना आदानप्रदान गरी खुसियाली मनाउने चाडपर्वहरूमा देखिएका विकृतिलाई हटाइ सभ्य सुसंस्कृत बनाउनु नै संस्कृतिमा देखिएका विकृति हटाउनु हो।