जय भुँडी
निबन्ध र निबन्धकारको परिचय
- भैरव अर्याल (१९९३-२०३३),
- हास्यव्यंग्य निबन्धकार,
- सामाजिक विकृतिको पर्दाफास गर्ने निबन्धकार,
- शिष्ट, सरल भाषामा च्वास्स मुटुमा बिभ्ने गरी निबन्ध लेख्न सक्ने निबन्धकार,
- देशभक्त, समाजसुधार र मानवतावादी चिन्तनलाई निबन्धमा व्यक्त गर्ने निबन्धकार
अभ्यास
जय भुँडी निबन्धको मूल व्यङ्ग्य के हो ?
हास्यव्यङ्ग्य शिरोमणि भैरव अर्याल (वि सं १९९३-२०३३) द्वारा रचित 'जय भुँडी' निबन्ध सङ्ग्रह (वि स २०२२) मा सङ्ग्रहीत निवन्धले हॉडी घोप्टे र घ्याम्पे अँडीहरूप्रति व्यङ्ग्य वाणहरूको मसलधारे वर्षा गराएको छ । भ्रष्टाचारी, दराचारी, शोषक, कालाबजारी, ठग, फटाहा आदि कानुन विपरीत कार्य गर्ने सबै वर्ग तह र तप्काका मानिसहरूलाई निवन्धकारले हॉडीघोप्टे र घ्याम्पेअन्तर्गत राखेका छन् । जनताको नाममा राजनीतिक खेती गरेर भ्रष्टाचारको बाली भित्र्याउने नेता र भ्रष्ट-घुस्याहा कर्मचारीलाई अर्यालले निशाना बनाएका छन्।
जति खाए पनि कहिल्यै नअघाउने यस्ता अगस्तिका भुँडीमा सारा सम्पत्ति र त्यसका मुहान अटाएको देख्ता भैरव अर्याल भुडी पुराण नै रच्न पुगेका छन् । सुरुआतमा नैवेद्यका लागि झगडा नभए पनि सभ्यताको प्रारम्भदेखि नै भुँडी पूजा गरे पनि अर्काको अस्तित्व स्वीकार नगर्दा शक्तिशालीले सबैको खोसेर हडप्न र हसन थालेको देख्ता उनी छक्क परेका छन् । टाकनटुकन अँडीको रगत पसिनालाई पनि यिनीहरूले सिरहेका छन् र ठन्डाराम बनाउँदै छन् । नेपाली समाजमा पनि वर्गीय विभेदको ठूलो खाडल रहेको कुरा उनको यो भुँडी पुराणवाट थाहा पाउन सकिन्छ। धनी र गरिबबीचको यो खाडल पुरिनुको साटो अझ बढ्दै गएकाले ठूला भुँडेलाई जुका झै नचुस्न सजग गराइएको छ। मै खाऊँ मै लाऊँ भन्ने र सोही गर्ने ठूला भुँडीवालाहरूप्रति मादल र दमाहा में बज्नुपर्ला भन्ने चेतावनी पनि दिएका छन् । कोही सधे टाकनटुकन र ठन्डाराम रहनुपर्ने र कोही चारैतरबाट सोहोरेर अर्थात् हॉडी नै घोप्ट्याएर पनि अझ आँ गदै संसार निल्न खोज्नेप्रति रमरम हॉसोभित्र तीखो व्यङ्ग्य वाण प्रहार गरेको पाइन्छ।
यसरी निबन्धकार भैरव अर्यालले आफ्नो र अर्काको भुँडीको अथवा हुने वर्ग र नहुने वर्ग दुवैको अस्तित्व सुरक्षित भएमा भुँडीको जय हुने नत्र नहुने कुरालाई मूल रूपमा आत्मपरक शैलीमा निबन्धात्मक हास्यव्यङ्ग्यात्मक प्रस्तुति पस्किएका छन् । प्रतीकात्मक रूपमा मान्छेको विजय भुँडीको जयमा छ भन्दै त्यो अहिले नभएको तीतो यथार्थ पनि यहाँ प्रकटिएको छ।